सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ‘जहाँ कञ्चन त्यहाँ विकास’, को हुन त बादे ?

‘जहाँ कञ्चन त्यहाँ विकास’, को हुन त बादे ?

10775
Shares
‘जहाँ कञ्चन त्यहाँ विकास’, को हुन त बादे  ?

बनेपा, कार्तिक २८ { मधुसुदन तिमल्सिना } । प्रतिनिधि सभा क्षेत्र न २ अन्र्तगत प्रदेश सभा २ का उम्मेदवार कञ्चनचन्द्र बादे अहिले घरदैलोमा व्यस्त छन । उनी आफुले गरेका काम र भावी दिनमा काँगे्रसले गर्नुपर्ने कामका फेरिस्त लिएर मतदाता माझ गइरहेका छन । २०७० साल मसिंर ४ को निर्वाचनमा विजयभएपछि निरन्तर जनताको सेवामा लागेको बताउने बादे जनताको माया देखेर हर्षित भएको बताउछन ।

पुरानो दिनको स्मरण गदै बादेले भने, कतिपयले भन्ने गर्थे बनेपाको नेवारको छोरो गाउँ देखेको छैनन कसैलाई चिन्दैन कसरी जित्छ होला, तर मेरो परिवारको लामो राजनीतिक इतिहास र हरेक आन्दोलनमा खेलेको भुमिकाले जनताहरुले अत्याधिक मत दिएर जिताइदिनुभयो, उनले भावुक हुदै भने, मैले उहाँहरुको दुःख र परिश्रमलाई ४ बर्षको अवधिमा खेर जान दिइन । कताबाट जनतालाई सुख दिन सकिन्छ के गर्न सकिन्छ भनेर निरन्तर संर्घष गरे, विकास निर्माणका लागि आफुले सक्ने जती स्थानीय जनताहरुको सम्पर्कमा रहेर काम गरेर साँचिकै आफ्नो ग्रामीण भेगलाई महत्वका साथ हेरे र अगाडी बढाए यसले नै हुन सक्छ, अहिले ‘जहाँ कञ्चन त्यहाँ विकास’ भन्ने नारा नै बनेको छ । पानी जस्तै कञ्चन छन कञ्चनचन्द्र बादे ।

नेताले जितेर गएपछि गाउँ फर्कदैन, विकास गदैनन, निर्वाचन आएपछि मात्र जनतालाई सम्झन्छ भन्ने आरोप बादेले तोडेको मतदाताहरु नै बताउँछन । हरेक टोल टोलबाट स्थानीयहरुले नै भन्नुभएको छ, नेता हुनु त कञ्चन जस्तो । हुन त म काँगे्रसबाट जितेर गएको हुँ तर कसैलाई पक्षपात गरेर विकास निर्माण गरिन यसैले पनि हुन सक्छ अहिले हरेक मतदाताले हजुर जस्तो नेता आए त हामी पार्टी नै भन्दैनौ भन्दै हौसला दिइरहनुभएको छ ।

उनले भने, हामीले २०७० सालको निर्वाचनमा काँगे्रसलाई जिताउनुहोस संविधान र विकास दिन्छौ भनेर मत मागेको थियौ । जनताले पहिलो पार्टी बनाइदिनुभयो र हामीले बोलेका कबुल अनुसारको काम सकाएका छौ । तर अझै आफु सन्तुष्ट नरहेको बादेले बताए म मेरो क्षेत्रमा भएको विकासबाट झै सन्तुष्ट हुन सकेको छैन, करिब ५ बर्षभित्रमा मैले सुरु गरेका योजना सफल भएपछि मात्र साँचिकै हो रहेछ भन्ने बन्ने मतदाताले थाहा पाउनुहुन्छ ।

आफुले सुरु गरेको योजना कुनै भर्खरै काम थालिएको छ भने कुनै सुरु हुदै छ, यसको पूर्णता पाएपछि मात्र थाहा हुने छ, काँगे्रसले जितेपछि कस्तो विकासले गति लिदो रहेछ । उहाँले मतदातालाई भन्नुभयो तपाईहरुले विकास कसले गर्छ त्यही पार्टीलाई जिताउनुहोस् । म र मेरो पार्टी नेपाली काँगे्रसका उम्मेदवारहरु जितेर शासक होइन जनताको सेवक बन्न निर्वाचनमा होमिएका छौ । उनले अहिले मुलुकमा लोकतान्त्रिक शतिmलाई कमजोर बनाउने खेल भइरहेको भन्दै आममतदातालाई निर्भिक र निडर भएर लोकतान्त्रिक शतिmका उम्मेदवारलाई जिताउन अपिल गदै जिल्लाको विकास र समृद्धिमा लोकतान्त्रिक शतिmको जित अनिर्वाय रहेको बताए ।

को हुन त बादे
पूर्व राज्यमन्त्री एवं तत्कालिन काभ्रे ३ का संसद कञ्चनचन्द्र बादे राजनीतिज्ञ राजदास बादेका भतिजा, बाबु गोपालदास बादे र आमा स्व. चिनिमाया बादेका कान्छा छोरा हुन । कञ्चनचन्द्र बादे २०३६ को जनतसंग्रहकै ताका राजनीतिमा सकृय भइसकेका थिए । २०२४ साल बैशाख ८ गते जन्मिएका बादे १५ बर्षको उमेरमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य भएका हुन् । २०४४ सालमा नेपाल विद्यार्थी संघको कोषाध्यक्ष बनेका बादेले २०४७ सालमा नेविसंघको जिल्ला सभापति बनेर नेविसंघ काभ्रेलाई नेतृत्व प्रदान गरेका थिए ।

नेविसंघसँगै बनेपाको राजनीतिमा होमिएका बादे २०५१ र २०५८ मा गरी २ पटक नेपाली कांग्रेस बनेपाको नगर सभापति बनेका थिए । २०५८ सालमा नेपाल तरुणको जिल्ला अध्यक्ष बनेका बादे २०६० सालमा तरुण दलको केन्द्रीय सदस्य भए । नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेका संस्थापक अध्यक्ष रहेका बादे २०६४ सालमा नेपाली कांग्रेस काभ्रेको कोषाध्यक्ष भएका थिए । २०५७ मा भएको पार्टीको १० औँ र २०६१ मा भएको ११ औँ महाधिवेशनमा उनी महासमिति सदस्य समेत भएका थिए । पार्टीको १२ औँ र १३ औँ महाधिवेशनमा काभ्रे क्षेत्र नं ३ को सभापति भएका बादे हाल साकि क्षेत्र नं ३ को सभापतिको रुपमा पनि कृयाशिल छन् । २०३६ सालपछिका सबै जनआन्दोलनमा सहभागी भएका उनले ०६२÷०६३ को जनआन्दोलन घाइते उपचार कोषको संयोजक भएर पनि काम गरेका छन् ।

पूर्व राज्यमन्त्री बादेलाई स्थानीय निकायको पनि अनुभव छ । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार बनेर विजयी भएका थिए । निरन्तर कृयाशिल बादेले २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा एमाले काभ्रेका अध्यक्ष गोकुल बास्कोटालाई पराजित गरेर संविधानसभा सदस्य निर्वा्चित भएका थिए । राजनीतिमा कृयाशिल बादे सामाजिक संस्थामा पनि उत्तिकै सकृय छन् । उनी काभ्रे जेसीजको सन् २००७ मा अध्यक्ष बनेका थिए ।

सन् २००६ मा रोटरी क्लब अफ काभ्रे बनेपाको अध्यक्ष बनेर नेतृत्व प्रदान गरिसकेका छन् । नेपाल बाल संगठन काभ्रेको सदस्य रहिसकेका बादे नेपाल परिवार नियोजन संघ लगायतका सामाजिक संघसंस्थामा पनि उत्तिकै कृयाशिल छन् । बनेपा, पनौती र धुलिखेललाई खानेपानी खुवाउने उद्धेश्यले सञ्चालन भएको काभ्रे उपत्यका खानेपानी आयोजना स्टेरिङ कमिटीको सदस्य भएर पनि काम गरेका छन् । व्यवसायिक रुपमा यातायात क्षेत्रमा लगानी गरेका बादे अरनिको यातायात सेवा समितिका पुर्व कोषाध्यक्ष समेत हुन् ।

10775
Shares

ट्रेन्डिङ