मंसिर १४, काठमाडौं। निर्वाचन सम्पन्न भएका हिमाली र उच्च पहाडी २३ जिल्लामा मतपेटिका संकलन सकिएसंगै ती जिल्लाका उम्मेदवार तथा प्रभावशाली नेताहरु दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा खटिएका छन् ।
आइतबार निर्वाचन सम्पन्न भएका जिल्लाका अधिकाँस नेता मतगणना सुरु नहुँदासम्म राजनीतिक गतिविधि नहुने भएकाले कार्यकर्तालाई मतपेटिका रुग्न लगाएर दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा प्रचारा लागि गएका हुन् । आजको हिमालय टाइम्समा खबर छ ।