सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • ॐ ज्ञान मन्दिर सम्मानः नाट्यकर्मी हरिहर शर्मालाई

ॐ ज्ञान मन्दिर सम्मानः नाट्यकर्मी हरिहर शर्मालाई

4035
Shares
ॐ ज्ञान मन्दिर सम्मानः नाट्यकर्मी हरिहर शर्मालाई

माघ १६, भक्तपुर । वरिष्ठ नाट्यकर्मी एवम् वरिष्ठ चलचित्र अभिनेता हरिहर शर्मालाई ॐ ज्ञान मन्दिर सम्मान प्रदान गरिने भएको छ । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगनपालिका, लोकल्थलीस्थित ॐ ज्ञान मन्दिर माविले यस वर्षको ॐ ज्ञान मन्दिर सम्मान हरिहर शर्मालाई प्रदान गर्नेे भएको हो ।

कला, संस्कृति, साहित्य र साङ्गीतिक क्षेत्रमा अमूल्य जीवन प्रदान गरेका वरिष्ठ व्यक्तित्वहरूको विशिष्ट योगदानको कदर गर्दै प्रत्येक वर्ष एकजना प्रतिभालाई १६ वर्षदेखि अनवरत सम्मानित गरिँदै आएको चर्चित युवा कवि, सञ्चारकर्मी एवम् सो कार्यक्रमका संयोजक रामगोपाल आशुतोषले बताए ।

नगद १० हजार राशीसहितको सो सम्मानद्वारा यसअघि कविवर माधव घिमिरे, राष्ट्रगानका सङ्गीतकार स्व. अम्बर गुरुङ, वरिष्ठ संस्कृतिवीद् सत्यमोहन जोशी, लोकप्रिय गायक स्व. फत्तेमान जोशी, वरिष्ठ गायक प्रेमध्वज प्रधान, योगेश वैद्य, भक्तराज आचार्यलगायतका साधकहरू सम्मानित भइसकेका छन् ।

यही माघ २० गते शनिवार २३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर उक्त सम्मान प्रदान गरिने विद्यालयका संस्थापक निर्देशक रामप्रसाद सुवेदीले बताएका छन् ।

4035
Shares

ट्रेन्डिङ