माघ १६, काठमाडौँ । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार नेकपा एमालेका जना नौ, नेपाली कांग्रेसका आठ, माओवादी केन्द्रका तीन, संघीय समाजवादी फोरम र नेपाल राष्ट्रिय जनता पार्टी नेपालका दुई दुई उम्मेदवार निर्विरोध भएका हुन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ८३ मध्ये २४ जना निर्विरोध भएपछि बाँकी ५९ रहेकामा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्, एकजनाको रद्द भएका छ भने अब ५२ जना चुनावी मैदानमा छन्।