सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बाटोमा जुत्ता पोलिस गर्दै कांग्रेस नेताहरु, हेर्नुस् फोटोमा…

बाटोमा जुत्ता पोलिस गर्दै कांग्रेस नेताहरु, हेर्नुस् फोटोमा…

6505
Shares
बाटोमा जुत्ता पोलिस गर्दै कांग्रेस नेताहरु, हेर्नुस् फोटोमा…

माघ १६, काठमाडौँ । मंगलबार बिहानै काठमाडौंको बानेश्वर चोकमा एउटा रमिता देखियो। दृश्य हेर्न सर्वसाधरणको भीड लागेको थियो।

कांग्रेसका केन्द्रीय स्तरका नेताहरु नै चोकमा जुत्ता पोलिस गर्न ब्रस लिएर बसेका थिए। पैदलयात्रु तथा आगन्तुकका जुत्ता उनीहरुले धमाधम पोलिस गरे।

यसरी बाटोमा जुत्ता पोलिस गर्नेहरुमा केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेता थिए।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममार्फत् पार्टी शुद्धीकरण हुनु पर्ने भन्दै उनीहरुले सांकेतिक विरोध यसरी गरेका थिए। प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले हार व्यहोरेपछि कांग्रेसका दोस्रो तहका नेताहरु पार्टी नेतृत्वमा परिवर्तन हुनु पर्ने माग गर्दै आएका छन्।

– पहिलो पोष्ट डटकम 

6505
Shares

ट्रेन्डिङ