सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पुरानै मानसिकताका नेताले मुलुक सन्चालनको जिम्मा पाए : कमल थापा

पुरानै मानसिकताका नेताले मुलुक सन्चालनको जिम्मा पाए : कमल थापा

2765
Shares
पुरानै मानसिकताका नेताले मुलुक सन्चालनको जिम्मा पाए : कमल थापा

माघ १६, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनता राष्ट्रियता, समृद्धि र स्थायित्वप्रति अझै विश्वस्त हुन नसकेको जिकिर गरेका छन् ।

पछिल्लो पटकको निर्वाचनबाट पनि पुरानै मानसिकता र प्रवृत्तिका नेताले मुलुक सन्चालनको जिम्मा पाएकाले राष्ट्रियता, अखन्डता, स्थायित्व र समृद्धिप्रति आम नागरिक विश्वस्त हुन नसकेको उनको भनाइ छ ।

सहिद दिवसको अवसरमा मंगलबार राप्रपाले पार्टी कार्यालय धुम्बाराहीमा गरेको श्रद्धाञ्जलिसभामा उनले जिम्मेवार दल र तिनका नेताको अकर्मन्यताका कारण मुलुक संकटको चक्रब्यूहमा फसिरहेको दाबी गरे ।

उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले राजनीतिक र दलगत आस्थाका आधारमा सहिद घोषणा गर्ने परिपाटीले सच्चा सहिदको अपमान भइरहेको बताए ।

बाह्यशक्तिको चलखेल, मौलाउँदो भ्रष्टाचार रोक्न र राष्ट्रको अखन्डता जोगाउन दलगत स्वार्थ त्यागेर काम गर्न दलहरुलाई उनको आग्रह छ ।

2765
Shares

ट्रेन्डिङ