सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेका राजनीतिक दलले निर्वाचन खर्च विवरण बुझाए, कसले कति खर्च गरे हेर्नुहोस्

काभ्रेका राजनीतिक दलले निर्वाचन खर्च विवरण बुझाए, कसले कति खर्च गरे हेर्नुहोस्

2855
Shares
काभ्रेका राजनीतिक दलले निर्वाचन खर्च विवरण बुझाए, कसले कति खर्च गरे हेर्नुहोस्

बनेपा, १७ माघ। काभ्रेपलाञ्चोकमा अधिकांश राजनीतिक दलले प्रतिनिधिसभा तथा प्रदेशसभामा भएको निर्वाचनको खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका उम्मेदवारले रु १० लाखभन्दा बढी निर्वाचन खर्च लागेको विवरण बुझाएका छन् ।

माओवादी केन्द्रका गंगाबहादुर दोङले प्रतिनिधिसभा क्षेत्र नं १ मा रु २४ लाख ४५ हजार निर्वाचन खर्च लागेको विवरण बुझाउनुभएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ मा काँग्रेसका मधुप्रसाद आर्चायले रु १६ लाख १६ हजार र प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेका उम्मेदवार गोकुल बास्कोटाले रु १५ लाख ८५ हजार खर्च विवरण बुझाउनुभएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा काँग्रेसका उम्मेदवार तीर्थबहादुर लामाले रु १५ लाख २३ हजार, क्षेत्र नं १ प्रदेशसभा (ख) मा काँग्रेसका उम्मेदवार गणेश लामाले रु १४ लाख ९५ हजार तथा एमालेका उम्मेदवार चन्द्रबहादुर लामाले रु ११ लाख ८८ हजार निर्वाचन खर्च विवरण बुझाएका छन् ।

क्षेत्र नं २ प्रदेशसभा (क) मा काँग्रेसका उम्मेदवार सुन्दरमणि आर्चायले रु १३ लाख ५६ हजार, एमालेका उम्मेदवार लक्ष्मण लम्सालले रु १२ लाख ६७ हजार, क्षेत्र नं २ प्रदेशसभा (ख) मा काँग्रेसका उम्मेदवार कञ्चनचन्द्र वादेले रु सात लाख ९८ हजार, एमालेका उम्मेदवार वसुन्धरा हुमागाईले रु १३ लाख ८७ हजार, क्षेत्र नं १ प्रदेशसभा (क) मा काँग्रेसका उम्मेदवार चन्द्रबहादुर तामाङले रु १३ लाख ४५ हजार र माओवादी केन्द्रका उम्मेदवार रत्न ढकालले रु १४ लाख ४६ हजार खर्च विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकर पोखरेलले तोकिएको सीमाभित्र नै दलहरुले खर्च गरेको बताउनुभयो । निर्वाचनमा उम्मेदवारी दिएका ५२ जनामध्ये छ जनाले अझै निर्वाचनको खर्च विवरण बुझाएका छैनन् ।
-रासस

2855
Shares

ट्रेन्डिङ