सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रु गते’ को दोस्रो गीत सार्वजनिक

बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रु गते’ को दोस्रो गीत सार्वजनिक

8310
Shares
बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रु गते’ को दोस्रो गीत सार्वजनिक

काठमाडौँ, १७ माघ: बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रु गते’ को दोस्रो गीत सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रमा समावेश ‘पिरतीको बर्को’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतले प्रेमभाव बोल्छ । जहाँ पल र आंचल फिचरिङमा छन् ।

काली प्रसाद बाँस्कोटाको संगीत र स्वर रहेको गीतको शब्द अर्जुन भट्टराईले लेखेका हुन् । सुन्दर लोकेशनमा खिचिएको गीत आकर्षक देखिएको छ । हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि चलचित्रको हाइप बढ्दो छ । डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले यस चलचित्रलाई निर्देशन गरेका छन् ।

तराई र काठमाण्डौमा छायांकन गरिएको यस चलचित्रलाई दर्शकले चैत्र ९ गते हेर्न पाउनेछन् । चलचित्रलाई मह सञ्चारले निर्माण गरेको हो भने यसको प्रस्तुतकर्ता किरण केसी रहेका छन् । यो चलचित्रमा समावेश ‘रुपै मोहनी’ बोलको गीतले अहिले बजारमा धुम मच्चाइरहेको छ ।
भिडियो :-

8310
Shares

ट्रेन्डिङ