सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • धुलिखेलमा मनाईयो १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस

धुलिखेलमा मनाईयो १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस

5740
Shares
धुलिखेलमा मनाईयो १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस

सनम सुवाल
धुलिखेल, फागुन २४ : “लैगिक समानताका लागि समान सोच र व्यबहार समृद्धिको आधार” भन्ने मुल नाराका साथ धुलिखेल नगरपालिकाको आयोजनामा धुलिखेल नगरपालिकाको प्राङ्गणमा आज १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका सभापती एबम धुलिखेल नगरपालिकाका उपमेयर बिमला शर्माले “निधारित समय ,समान ज्याला दिनुपर्न ,आज महिलाहरु ठुलो तहमा पुग्दैमा सबै महिलाहरुले पाउने अधिकार पाइरहेको छैन ।आफ्नो कतब्य पूरा गरि अधिकार सुनिश्चित गर्न अनुरोध गर्दै सम्पुर्ण अतिथिहरुलाई स्वागत मन्तब्यद्वारा स्वागत गरेका हुन्न ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जुले महिलाहरुलाई सन्सारमा दोस्रो दर्जाको नागरिक बनाउन्ने चलन छ । विशेष गरि मुस्लिम देशहरुमा धेरै भेदभाव हुन्छ भने नेपालमा पनि यस्तो समस्या नभएको होइन ।विश्वको धेरै देशले विकास गर्नुको कारण महिला र पुरुष समान हुनु हो ।महिलाहरु घरको मात्र काम गर्ने होइन कि समाज र राज्यको लागि पनि काम गर्न सक्छिन ।

महिलाहरुको हक हित,सश्क्तीकरणको लागि र महिलाहरुको सिपमा विकसित गरि आयआर्जन तर्फ सहभागीता गराउन यस नगरपालिकाले महिला परिषदको व्यवस्था गरेको र महिला काउन्सिलमा महिला दिदिबहिनीहरु सहभागितालाई अनुरोध गरेका छ्न्न । विभिन्न परम्परा झल्काउने पन्जे बाजा,धिमे बाजा लगायत विभिन्न महिला समुहका महिलाहरुको साँस्कृतिक प्रस्तुतिले कार्यक्रमको रौनक थपेको थियो ।

यस नगर भित्र रहेका उत्कृष्ट उधमी महिला, उत्कृष्ट सक्रिय महिला समुहहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा धुलिखेल उधोग बाणिज्य संघका अध्यक्ष मन्जु कुमार कोजु,म हिला सेलका प्रमुख सीता श्रेष्ठ , वडा ११ का वडा अध्यक्ष बिष्णु धिताल लगायतको उपस्तिथि रहेको थियो।

5740
Shares

ट्रेन्डिङ