सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • झापाका स्थानीय तहबाट बाराका हावाहुरी पीडितलाई २३ लाख रुपैयाँ सहयोग

झापाका स्थानीय तहबाट बाराका हावाहुरी पीडितलाई २३ लाख रुपैयाँ सहयोग

4160
Shares
झापाका स्थानीय तहबाट बाराका हावाहुरी पीडितलाई २३ लाख रुपैयाँ सहयोग

झापा – झापामा बुधबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले बारा र पर्साका हुवाहुरी पीडितलाई राहत प्रदान गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहका नगरपालिकाबाट न्यूनतम दुई–दुई लाख रुपैयाँ, गाउँपालिकाहरुबाट एक–एक लाख रुपैयाँ सङ्कलन गरेर राहत पठाउने निर्णय गरेको हो ।

झापामा आठ नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् । स्थानीय तहबाट सङ्कलित २३ लाख रुपैयाँ र स्थानीय सङ्घसंस्थाबाट प्राप्त रकम बारा जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा पठाइने प्रजिअ दाहालले जानकारी दिनुभयो ।बैठकमा स्थानीय तहका प्रमुखहरुले सो रकम चार दिनभित्रमा बारा जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने बताउनुभयो ।

प्रजिअ दाहालले प्राकृतिक प्रकोपमा परेका बाराबासीलाई सहयोग गर्न जिल्लाका सबै सङ्घसंस्थाहरुलाई समेत सहयोगका लागि आह्वान गर्नुभएको छ । बुधबार नै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले एक लाख २७ हजार २०० रुपैयाँ बारा रेडक्रस सोसाइटीको राष्ट्रिय वाणिज्य सङ्घमा रहेको खातामा जम्मा गरिदिएको सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो ।

4160
Shares

ट्रेन्डिङ