सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • जनताले मलाइ बनाइदिएको हुलिया गरिब जनताको समृद्धिका लागि हो : बास्कोटा

जनताले मलाइ बनाइदिएको हुलिया गरिब जनताको समृद्धिका लागि हो : बास्कोटा

5695
Shares
जनताले मलाइ बनाइदिएको हुलिया गरिब जनताको समृद्धिका लागि हो : बास्कोटा

पुजन धिताल /काभ्रे ,११,जेठ,
सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटा बनेपामा डाडापारी सन्देश साप्ताहिकको वार्षिकसभालाइ सम्बोधन गर्दै आक्रोश पोखे  । उनले काग्रेस नेता रामहरी खतिवडालाई पनि छाडेनन्् ‘कुनै चिजको चोरी डकैती, भष्ट्रचार, गर्नु भन्दा, चौकिदार नै ठिक छ हजुर । मन्त्री बास्कोटाले थपे‘हामी लोकतन्त्रका निम्ती लडेका हौं । अहिले यस्तो कोकोहोलो मच्चाइएको छ ,जब श्रमिक वर्गको कुरा उठ््छ । तब कम्युन्ष्ट सरकार, दुइ तिहाइको दम्भ भनेर औँला ठड््उने काम हुन्छ ,हामी काम गरीरहेका छौँ तर सरकारलाइ बदनाम गर्ने उद्देश्यले स्याल हुंया मच्चाउने काम भैरहेको छ ।

अनि जनतालाइ भ्रममा राख्ने खेल भैरहेको छ , राम्रो कुरा ओझेलमा पारेर शब्दमा उचालिने काम भैरहेको छ ’। मेरो हुलिया खोज्नेलाइ प्रश्न, न्युनतम पारिश्रमिक कायम गरौँ भन्दा,हुदैन भनेर वकालत, वहस गर्ने सम्मानित महोदयहरु,र उहाँहरु कुन मानवअधिकारको कुरा गर्नु हुन्छ ?कुन श्रमिक अधिकारको कुरा गर्दै हुनुहुन्छ , कुन समाजवाद कुन लोकतन्त्र, कुन गणतन्त्रको कुरा गर्नु हुन्छ ? यसमा पनि छलफल हुनु पर्छ , यहाँ सुकुम्वासी समस्या भुमिहिन समस्याका लागि सरकारले केहि गर्न आयोग बनाइरहदा, देशभरी नै त्यसको कोकोहोलो, देशको प्रक्रियावादी, सामन्ति अभिताज्य वर्गले उठाउँनेछ, श्रमिक वर्गका विरुद्ध धावा बोल्ने छ ।

अधिवक्ता सम्भु थापालाई इगित गर्दै ‘आक्रमणको पनि तरीका हुन्छ, एउटा व्यक्ति माथी हमला गरेर जसरी ह्यारेस्मेट गर्न खोज्दै हुुनुहुन्छ ?मलाइ अचम्म लाग्या छ, बौदिक, सम्मानित, नागरिकहरुले मेरो हुलुया खोजिरहनु भा छ, हुलिया हाजिर छ हजुर, गरिब जनताको समृद्धिका निम्ति, सर्वहारा, भुमिहिनका निम्ती यो ज्यानको हुलियाः, काभ्रेली जनताले मलाइ बनाइदिएको हुलिया गरिब जनताको समृद्धिका लागि हो । हामी भनेरहेका छौं सबै नागरिक संग भुमिको पहुँच छ । अनि यहाँ हल्लाको अफाह फैलाउँनेछन्् । म आजै भन्छु हाम्रा मिडियाले पनि यस्तै गर्ने छन्् । किन भने, चिजलाइ भड््काउँनु छ , नागरिक समृद्ध भएभने, लोकतन्त्र बलियो हुन्छ हामीले बुझेको कुरा यहि हो ।

अनि देश समृद्धि हुन्छ हामीले लिएको नीति यहि हो । यसमा त लाख चोटि, करोड चोटि, कोटी कोटी दोहोराहिरहे पनि हामी समृद्धिका लागि जनताका लागि श्रमिक वर्गका हितमा लागि परिरहन्छौं कम्यिुष्टको दम्भ भनेपनि दुइ तिहाइको दम्भ भनेपनि । केपी ओलीको हुलिया खोज्नुस्् की गोकुल बास्कोटाको खोज्नुस्् कि प्रचण्डको खोज्नुस््, जसको खोजेपनि हामीले जनतामा कमिटमेन्ट गरेर आएका छौं, ति कमिटमेन्ट पुरा गर्ने छौं ।

जसरी ट्रम्पले पनि त पर्खाल लगाउँछु भनेर चुनाव जितेका हुन नि, हामीलाइ बाटो बनाउँनु छ, उनलाइ पर्खाल लगाउँनु छ । ठुला मिडिया र साना मिडिया संग संगै बाच्न पाउँनु पर्ने भएकाले समानुपातिक विज्ञापन प्रणालीका लागि आफुले कदम उठाएको स्पष्ट पारे । समाचार लेखे कै कारण पत्रकारलाइ अफ््ठेरो नपर्ने जानकारी दिए । उनले मिडिया काउन्सिल विद्ययक मात्रै नभएर आम सञ्चार ऐन समेत ल्याउने तयारी गरेको बताए । यसमा पनि बहस र छलफल गरिने र स्वनियमको अधिकार राखेर आफ््नो कानुन आफै निमार्ण गरि कानुनको पालना आफैं गर्नु पर्ने गरि ल्याउन लागिएको स्पष्ट पारे ।

5695
Shares

ट्रेन्डिङ