सबैको समाचार
सोमवार, असार ३, २०८१
  • होमपेज
  • गायक रमेश श्रेष्ठ मेलोडीलाई “टिकटकले डुबायो”

गायक रमेश श्रेष्ठ मेलोडीलाई “टिकटकले डुबायो”

4340
Shares
गायक रमेश श्रेष्ठ मेलोडीलाई “टिकटकले डुबायो”

काठमाडौँ ,जेष्ठ १७ : पछिल्लो समय चर्चामा पुग्न सफल चर्चित गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित “टिकटकले डुबायो” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका तथा देशैभर हुने मेला महोत्सबमा ब्यस्त गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको “टिकटकले डुबायो” भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक भएको हो ।

सार्बजनिक गीतमा बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द र चर्चित तथा ब्यस्त संगीतकार शंकर थापा स्माइलको संगीत तथा बिकाश ज्ञवालीको सम्पादन रहेको छ । भिडियोलाइ निर्देशक सुब्रत राज आचार्यले आकर्षक ढंगले निर्देशन गरेका छन्म्युजिक भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका छन् भने कोरियोग्राफी गम्बिर बिष्टको रहेको छ । । म्युजिक भिडियोमा भद्रगोल टेलिचलचित्रका चर्चित पात्र सागर लम्साल (बले) तथा मोडल रक्षा श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोला l

 

4340
Shares

ट्रेन्डिङ