सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एक युवक ३ किलो अफिमसहित पक्राउ

एक युवक ३ किलो अफिमसहित पक्राउ

5405
Shares
एक युवक ३ किलो अफिमसहित पक्राउ

रुकुमपश्चिम – प्रहरीले शनिबार ३ किलो ८ सय ५०ग्राम अवैध लागुऔषध अफिम सहित १ युवकलाई पक्राउ गरेको छ । आठबिसकोट नगरपालिकाको-१४, छेपारेबाट त्यही नगरपालिकाको वडा नम्बार १ बस्ने ३५ वर्षीय मनबहादुर बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार, खैरो रङ्गको झोलामा शंकास्पद वस्तु बोकेर हिँडिरहेको बेला सोधपुछ गर्दा अफिम फेला परेको थियो । ५ जनाको समूहमा रहेका उनीहरुले प्रहरीमाथि हातपात गरी ढुङ्गा प्रहार गरेर भाग्न खोज्दा नियन्त्रणमा लिन १ राउण्ड हवाइ फायरसमेत गर्नुपरेको डीएसपी खड्काले बताउनुभयो । आक्रमणपछि ४ जना भागेका र १ जनालाई प्रहरीले नियन्त्रणमा लिन सफलभएको उहाँले बताउनुभयो ।

नियन्त्रणमा लिइएका बुढाको साथबाट ५ ओटा पोका बनाइएकाे ३ किलो ८ सय पचास ग्राम खैरो रंङ्गको अफिम, नगद ९ हजार, एक थान टर्च, १ थान मोबाइल सेट र १ थान मुगाको माला बरामद गरिएको प्रहरीले जनाएको छ । लागुऔषध ओसार पसार तथा खरिद बिक्री भैरहेको सूचनाको आधारमा प्रहरी परिचालन गरेर बुढालाई पक्राउ गरिएको र फरार भएकाहरुको खोजी भइरहेको डीएसपी खड्काले बताउनुभयो ।

5405
Shares

ट्रेन्डिङ