सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • नेपाललाई ३०० अर्ब अमेरिकी डलर चाहिने

नेपाललाई ३०० अर्ब अमेरिकी डलर चाहिने

6275
Shares
नेपाललाई ३०० अर्ब अमेरिकी डलर चाहिने

काठमाण्डौ / नेपालले सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्न तीन सय तीन अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको दिगो विकास लागत अनुमानका अनुसार सन् २०३० भित्रमा दिगो विकास लक्ष्य हासिल गर्न नेपाललाई ३०३ अर्ब अमेरिकी डलर आवश्यक पर्ने देखिएको हो ।

गरिबी अन्त्य, शिक्षा, स्वास्थ्य, खानेपानी, प्रविधि, विकासलगायतको क्षेत्रमा लगानी गरेर मात्रै दिगो विकास लक्ष्य हासिल हुने भएकोले नेपाललाई आवश्यक पर्ने अनुमानित डाटा तयार पारिएको राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टले जानकारी दिनुभयो । उहाँले लगानी जुटाउनै नेपाललाई मुख्य चुनौती रहेको पनि स्पष्ट पार्नुभयो ।

आयोगले अनुमानित रकम पूर्तिका लागि सहकारी क्षेत्रको पनि उल्लेख्य लगानीको अपेक्षा गरेको छ । दीगो विकास लक्ष्य हासिल गर्न आवश्यक रकममध्ये वार्षिक करिब ६ अर्ब अमेरिकी डलर अपुग हुने निष्कर्ष पनि निकालेको छ । आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले दीगो विकास लक्ष्य प्राप्तिका लागि बजेटको अभाव मुख्य चुनौति रहेको बताउनु भयो ।

आयोगले दीगो विकास लक्ष्य हासिल गर्न अभाव हुने रकम जुटाउन लगानी बोर्डजस्ता संस्थाहरुलाई सक्रिय बनाउनुपर्नेमा पनि जोड दिएको छ । पूर्वाधारको क्षेत्रमा सार्वजनिक क्षेत्रको लगानी कमजोर हुँदा दिगो विकास लक्ष्य हासिलका लागि लाग्ने लागतको अनुमान पनि फरक पर्दै जाने पनि आयोगको प्रतिवेदनमा औंल्याइएको छ ।

6275
Shares

ट्रेन्डिङ