सबैको समाचार
मङ्लबार, असार ९, २०८३

काभ्रेमा पनि ‘सुई आक्रमण

7625
Shares
काभ्रेमा पनि  ‘सुई आक्रमण

,असार ११ ,काभ्रे ; बनेपामा एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीकहाँ उजुरी दिएकी छन् । काठमाडौं ठमेल घर भई बनेपा ८ मा बस्दै आएकी ३४ वर्षीया ती महिलाले असार १० गते आफूमाथि आक्रमण भएको बताएकी छन् । ‘नजिकै दिदीको घरबाट फर्किंदै थिएँ, अन्दाजी ४०/४५ की महिला ढेपिँदै आइन्, मेरो हातमा केहीले च्वास्स घोचेजस्तो भयो ।

मैले फर्केर हेर्दा ती महिला फटाफट गइसकेकी थिइन्,’ उनले भनिन्, ‘रातभरि हात दुखेर सुत्न सकिनँ, बिहान हात सुन्निएको थियो ।’स्थानीय मेडिकलमा जँचाउँदा सिरिन्ज आक्रमण भएको आशंका गरिएपछि उनी शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन् । चिकित्सकहरूले सिरिन्ज आक्रमणको आशंका गर्दै उनलाई एचआईभी संक्रमणविरुद्धको औषधि २८ दिनसम्म खान भनेका छन् । रगत परीक्षणको रिपोर्ट भने बिहीबार मात्रै आउने अस्पतालले जनाएको छ ।

-कान्तिपुर अनलाइन खबरबाट

7625
Shares

ट्रेन्डिङ