सबैको समाचार
बुधबार, असार १२, २०८१
  • होमपेज
  • एसइई नतिजा उस्तै : डेढ लाख विद्यार्थी मौका परीक्षामा जानुपर्ने, कुन जिपिएले के विषय पढ्न पाउने ?

एसइई नतिजा उस्तै : डेढ लाख विद्यार्थी मौका परीक्षामा जानुपर्ने, कुन जिपिएले के विषय पढ्न पाउने ?

4475
Shares
एसइई नतिजा उस्तै : डेढ लाख विद्यार्थी मौका परीक्षामा जानुपर्ने, कुन जिपिएले के विषय पढ्न पाउने ?

काठमाडौं, असार १३ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले पहिलो चरणमा साधारण र प्राविधिक धारतर्फका नियमित विद्यार्थीको मात्रै नतिजा सार्वजनिक गरेको हो । दुवैतर्फका ग्रेडवृद्धि परीक्षामा सामेल भएकाहरूको नतिजा भने एक सातापछि मात्रै सार्वजनिक गरिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

नतिजामा सरकारी लगानीका सामुदायिक विद्यालयको अवस्था निजी विद्यालयको भन्दा निकै कमजोर देखिएको छ । सरकारी विद्यालयको शैक्षिक सुधारका लागि सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि त्यसको प्रभाव नदेखिएको हो । यस वर्षको नतिजामा पनि निजी विद्यालयकै धेरै विद्यार्थीले बढी जिपिए ल्याएका छन् । कुल सहभागी चार लाख ९५ हजार दुई सय ७५ विद्यार्थीमध्ये सामुदायिक विद्यालयबाट ७०.८४ र निजी विद्यालयबाट २९.१६ प्रतिशत विद्यार्थी छन् । तर, ३.६० देखि ४ जिपिए ल्याउने १७ हजार आठ सय ८० मध्ये १४ हजार सात सय ८८ जना निजी विद्यालयकै छन् ।

सामुदायिक विद्यालयका दुई हजार सात सय ९२ ले मात्रै ए प्लस प्राप्त गरेका छन् । यस्तै, ३.२० देखि ३.६० जिपिए ल्याउने ५१ हजार एक सय ३७ मध्ये ३९ हजार नौ सय १४ जना निजी विद्यालयकै विद्यार्थी छन् । उक्त जिपिए प्राप्त गर्ने सामुदायिकका ११ हजार दुई सय २३ ले मात्रै छन् । यस्तै, सबैभन्दा तल्लो जिपिए ०.८० देखि १.२० सम्म ल्याउनेमा भने सामुदायिक विद्यालयका चार हजार दुई सय ९६ र निजीमा एक सय ३३ जना मात्रै रहेका छन् ।

यसरी तुलनात्मक रूपमा हेर्दा बढी जिपिए प्राप्त गर्नेमा निजीका बढी विद्यार्थी छन् भने कम जिपिए प्राप्त गर्नेमा सामुदायिक विद्यालयका विद्यार्थीको संख्या उच्च रहेको छ । यसरी हेर्दा फेरि पनि सरकारी विद्यालयको स्तर निजीको तुलानमा कमजोर देखिएको छ ।

4475
Shares

ट्रेन्डिङ