सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • भारतका चर्चित क्रिकेटर सचिन काभ्रेको पात्लेखेतमा

भारतका चर्चित क्रिकेटर सचिन काभ्रेको पात्लेखेतमा

4465
Shares
भारतका चर्चित क्रिकेटर सचिन काभ्रेको पात्लेखेतमा
  •  रवि धिताल

काभ्रे, ३० कात्तिक : विश्व क्रिकेट जगतमै चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकर काभ्रेको पात्लेखेत पुगेका छन् । क्रिकेटर तेन्दुलकरले नेपालकै पहिलो सुरक्षित खानेपानी घोषणा गरिएको धुलिखेल नगरपालिकाको वडा नम्बर ११ धिताल टोलमा पुगेर धाराको अवलोकन गरेको वडाध्यक्ष विष्णु धिताल काभ्रेलीले जानकारी दिए ।

युनिसेफको सद्भावना दूतका रुपमा नेपाल आएका तेन्तुलकरले धिताल टोल पुगेर खानेपानी धाराको अवलोकन गर्नुका साथै किशोरी समूहले आयोजना गरेको हातधुने कार्यक्रममा समेत सहभागिता जनाएका थिए । गाउँमा विश्वकै चर्चित क्रिकेट खेलाडी आउनेसुनेपछि टाढा टाढादेखिका बालबालिका समेत तेन्दुलकरलाई हेर्न धिताल टोलमा आइपुगेका थिए ।

धिताल टोलमा एकघर, एक धारा कार्यक्रम अन्तर्गत २० घर धुरीमा खानेपानीको धारा निर्माण गरिएको अध्यक्ष काभ्रेलीले बताए । धुलिखेल नगरपालिकाको समन्वय र सिविक फोरमको सहजीकरणमा धिताल टोल पुगेका तेन्दुलकरले त्यहाँका बालबालिकासँग आफ्नो अनुभव समेत साटासाट गरेका थिए । बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफले नेपाल ल्याएको मौकामा तेन्दुलकर पात्लेखेत पनि पुगेका हुन् ।

4465
Shares

ट्रेन्डिङ