सबैको समाचार
बुधबार, असार ५, २०८१
  • होमपेज
  • लायन्सको कार्यक्रमले तात्यो पोखरा

लायन्सको कार्यक्रमले तात्यो पोखरा

4070
Shares
लायन्सको कार्यक्रमले तात्यो पोखरा

पोखरा, ७ पुस :  समाज प्रती उत्तरदायी हुँदै ब्लड क्यान्सर पीडित पोखराकासत्य राज सापकोटाको सहयोगार्थ पोखरामा लाइन्स म्युजिकल नाइट २०१९ सम्पन्न भएको छ। लाइन्स क्लब अफ पोखरा पिस सेन्टरल सिटि र लाइन्स क्लब अफ पोखरा सेन्टरल सिटिले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा गायक प्रमोद खरेल, पशुपति शर्मा, सम्झना भण्डारी , बिक्रम बराल, कमेडियन डोरेस खतीवडा ,मेनुका माझि लगायतका चर्चित कलाकारहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए । पोखरा सभा गृहमा दिउँसो ३ बजे बाट सुरु भएको कार्यक्रम राती ८ बजे सम्म चलेको थियो ।

कार्यक्रम सफल भयको र आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष लायन बिक्रम गुरुङले जानकारी दिए । अर्का अध्यक्ष लायन चेतन कार्कीले भने चाडैं नै एक कार्यक्रम गरि बिरामी सत्यराज सापकोटालाई रकम हस्तान्तरण गरिने बताएका छन् ।

एम जे एफ लायन दिपक श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा लायन सुचित्रा कुवँर थापालाई लायन क्लबप्रती उहाँको योगदानको कदर गर्दै सम्मान समेत गरिए को थियो।

4070
Shares

ट्रेन्डिङ