सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • बिहीबार देशैभरी सार्वजनिक विदा दिने तयारी !

बिहीबार देशैभरी सार्वजनिक विदा दिने तयारी !

6275
Shares
बिहीबार देशैभरी सार्वजनिक विदा दिने तयारी !

काठमाडौं , पुष , ९ ,   गृह मन्त्रालयले भोलि बिहीबार देशैभरी सार्वजनिक विदा दिने तयारी गरेको छ । यसका लागि गृह मन्त्रालयले भोलि विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ । भोलि बिहान नेपालसहितका देशमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यही कारण विदा दिन लागिएको हो ।विदाको लागि मात्रै मन्त्रिपरिषद बस्ने प्रचलन भने छैन । अब यो प्रस्तावको निर्णयका लागि गृह मन्त्रालयले पठाएको प्रस्ताव प्रधानमन्त्रीकहाँ पठाइन्छ । मन्त्रिपरिषदको अध्यक्षको हैसियतमा प्रधानमन्त्रीको स्वीकृतिपछि यो प्रस्ताव मुख्य सचिवले प्रमाणीकरण गर्छन् ।

प्रमाणीकरण भएसँगै यो प्रस्तावले मन्त्रिपरिषदबाट पारित भएसरहको मान्यता पाउनेछ ।भोलि लाग्ने खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंका लगायत एशियाका सबै देश, हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम ऑस्ट्रेलिया, पूर्वी अफ्रीका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ । नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने र १० बजेर ०१ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि २ घण्टा ४९ मिनेटको रहनेछ । विशेष यो खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणको बीच तर्फबाट स्पर्श भई पूर्व र दक्षिण को बीचमा मोक्ष हुनेछ ।

6275
Shares

ट्रेन्डिङ