सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • शान्ति र लैगिङ्ग वातावरण सभा कार्यक्रम सम्पन्न

शान्ति र लैगिङ्ग वातावरण सभा कार्यक्रम सम्पन्न

4775
Shares
शान्ति र लैगिङ्ग वातावरण सभा कार्यक्रम सम्पन्न

सुनिल श्रेष्ठ  ,  वीरगञ्ज , पौष , १० ,   स्माइल फर मिलियन्स नामक संस्थाको आयोजनामा आज पर्साको सखुवा प्रसौनि गाउपालिका वडा न. ५ महुवनमा शान्ति र लैगिंक वातावरण सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुनले मानव र वातावरणबिचको सम्बन्ध सन्तुलन भए मात्रै मानव जिवनले सार्थकता पाउने धारणा राख्नुभएको छ ।

अँझै पनि समाजमा लैंगिक हिंसा तथा बिभेदीकरण जस्ता कुरीतीहरु जिवितै रहेकोमा दुखेसो पोख्दै यसको अन्त्यका लागि शिक्षामा शसक्तिकरण भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा बिशिष्ट अतिथि पटेर्वासुगौलि गाउपालिकाकी उपप्रमुख ममता महतो थारुले बिभेद विरुद्ध को अभियान सबैलै आ आफ्नो घरबाट शुरु गर्नेपर्ने बताउनुभयो । घरमै छोरा र छोरी बिचको बिभेदको अन्तय नभए सम्म समाजमा बिभेद रही रहने बताउँदै छोरा वा छोरीको जन्म हुने बित्तिकै एउटा बिरुवा रोप्नुपर्ने धारणा राख्नुभयो ।

दलित समुदायको बिकासका लागि पिस फर दलित फाउण्डेशन र यु आर आई को सहकार्यमा सो सम्मेलनको आयोजना गरिएको हो । पिस फर दलित फाउण्डेशनका अध्यक्ष मनोज रामको सभापतित्वमा भएको कार्यक्रममा स्माइल फर मिलियन्सका अध्यक्ष दिपक कुमार, युवा राजदुुत अभिषेक कपुर, सामाजिक मिडिया प्रचारक त्रिलोचन भल्ला, यात्राद्वारा महिला शसक्तिकरण नेपालकी अध्यक्ष सजना भडेल, सदस्यद्वय मनिषा धिताल, उदय खड्का, बालअधिकारकर्मी ज्योति साह लगायतले वातावरण प्रदुषण रोकी लैंगिक हिंसा मुक्त शान्त समाज निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

सबैले सहभागीले विश्वमा शान्ति रहेमा पनि जोड दिए , दलितको सामाजिक स्वतन्त्रता , दलित माथिको विभेद अन्त्य र राजनीतिमा सहभागिता नभएमा समाजमा शान्ति हुदैनन्, कार्यक्रममा वडा न. ५ का अध्यक्ष रुपलाल यादब, स्थानिय दलित अगुवा गणेश महरा,जदु प्रसाद साह, अशोक राम, महिला ज्योति कलवार, स्थानियबासि लगायतको उपस्थिती रहेको थियो ।

4775
Shares

ट्रेन्डिङ