सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा किसानलाई पाडी उपहार

काभ्रेमा किसानलाई पाडी उपहार

4620
Shares
काभ्रेमा किसानलाई पाडी उपहार
  • रवि धिताल

काभ्रे , पुष , ११ ,   काभ्रेको पनौती नगरपालिकाले पशुपालनको क्षेत्रमा प्रत्यक्ष लागेका किसानलाई पाडी उपहार दिन सुरु गरेको छ। कृषि र पशुपालनमा लागेका किसानलाई आत्मनिर्भर, किसानको आर्थिक उन्निततर्फ जोड् दिन स्थानीय सरकार पनौती नरगपालिकाले पाडी उपहारको योजन अघि सारेको हो।

बिहीबार नगरपालिका-१ पर्खालचौरमा एक कार्यक्रम गरी पहिलो चरणमा किसानलाई २३ पाडी वितरण गरिएको हो। नगरपालिकाले वडागत पाडी वितरणको लागि आवेदन माग गरे अनुसार यो आर्थिक वर्षमा नगरपालिकाको अन्तरिक कोषबाट ३ सय पाडी वितरण गर्दैछ।

नगरपालिकाले यो वर्ष वडा नम्बर १ मा ४२, वडा नम्बर २ मा ३५, वडा नम्बर ३ मा ३०, वडा नम्बर ४, ५, ६, ८, ९, १०, ११ मा २० र २० वटा, वडा नम्बर ७ मा ३ वटा र वडा नम्बर १२ मा सबै भन्दा धेरै ५० पाडी वितरण गरिदै छ।

4620
Shares

ट्रेन्डिङ