सबैको समाचार
सोमवार, असार ८, २०८३
  • होमपेज
  • युवाहरुको शक्ति र क्षमतालाई राम्ररी परिचालन गरे सार्थकता पाउन बेर लाग्दैन : प्रदेश प्रमुख परियार

युवाहरुको शक्ति र क्षमतालाई राम्ररी परिचालन गरे सार्थकता पाउन बेर लाग्दैन : प्रदेश प्रमुख परियार

5355
Shares
युवाहरुको शक्ति र क्षमतालाई राम्ररी परिचालन गरे सार्थकता पाउन बेर लाग्दैन : प्रदेश प्रमुख परियार

सुनिल श्रेष्ठ  ,

वीरगंज, १२ पुस ,   प्रदेश न. २ का प्रदेश प्रमुख तिलक परियारले युवाहरुको शक्ति र क्षमतालाई सहि ढंगले परिचालन गर्न सक्यो भने समृद्ध नेपाल सुखी नेपालीको नाराले सार्थकता पाउन कुनै बेर नलाग्ने बताउनुभएको छ ।

वैचारिक युवा समाजद्वारा आयोजीत ३ दिने राष्ट्रिय प्रदेश स्तरीय नमुना सँयुक्त राष्ट्रसंघ सम्मेलनको उदघाट्न गर्दै प्रदेश प्रमुख परियारले नेपाली युवाले गम्भिरता पुर्वक देश बिकासको बारेमा चिन्तन मनन् गरेमा देशको मुहार परिवर्तन गर्न सकिने कुरामा जोड दिनुभयो ।

युवा शक्तिलाई सही दिशा तर्फ डोर्‍याउनु अहिलेको मुख्य आवश्यकता रहेको बताउँदै उहाँले युवाहरुको क्षमता अभिबृद्धि र व्यक्तित्व बिकासमा यस्ता किसिमका सम्मेलनले महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकोले आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने धारणा राख्नुभयो ।

वैचारिक युवा समाजका संस्थापक चेवान राईको अध्यक्षतामा भएको उदघाटन समारोहमा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसि लामिछाने, वैचारिक युवा समुहका कार्यक्रम संयोजक रदिप टन्डुकार, निमेशबाबू ओलि, प्रभु हजरा, सन्तोष पासवान लगायतको उपस्थित रहेको थियो ।

सम्मेलनमा प्रदेश न. २ का ८ वटै जिल्लाका ६० जना युवायुवतीको सहझागीता रहेको थियो । तालिममा संयुक्त राष्ट्रसंघका गतिविधि, बिकास निर्माण, वातावरण संरक्षण, महिला शसत्तिकरण तथा स्थानिय स्तरका समसामयिक बिषयबस्तुका बारेमा छलफल गरिने बैचारीक युवा समाजका अमरेश साहले बताउनुभयो ।

३ दिने सम्मेलनबाट छनौट भएकाहरुले काठमाण्डौँमा हुने अन्तराष्ट्रिय सम्मेलनमा समेत सहभागि हुन पाउने सम्यक तुलाधरले जानकारी दिनुभयो ।

5355
Shares

ट्रेन्डिङ