सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विक्रमले बाढे जन्मदिनमा राहत

विक्रमले बाढे जन्मदिनमा राहत

5730
Shares
विक्रमले बाढे जन्मदिनमा राहत

काभ्रेपालाञ्चोक / काभ्रेली प्रतिभा बहु प्रतिभाका धनी कलाकार निर्माता तथा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय महासचिव विक्रमजंग शाहले आफ्नो जन्मदिन लकडाउनका कारण पीडामा रहेका पिडितसँग मनाएका छन् । शाहले आफ्नो जन्मदिन राहत वितरण गर्दै पिडितसँग मनाएका हुन् ।

राष्ट्रिय संगीतकर्मी संघका महासचिव तथा बिपद ब्यबस्थापन समितिका संयोजक शाहले आफ्नो जन्मदिन राहत वितरण गर्दै मनाउन पाएकोमा आफूलाई गर्व लागेको बताए । जन्मदिनको अवसरमा करिब ४५ परिवारभन्दा बढीलाई राहत बितरण गरिएको थियो । जीवनमा हरेक अवसरहरु धेरै प्राप्त हुन सक्छ तर सेवा गर्ने अवसर बिरलै प्राप्त हुन्छ ।

बिगत २७ दिन देखि राष्ट्रिय संगीतकर्मी संघले सुरु गरेको राहत वितरण अभियान अझै जारी रहेको शाहले जानकारी दिएका छन् । अभियानमा महासचिव सहित केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्की, उपाध्यक्ष अमृत खाती, उपाध्यक्ष उमा श्रेष्ठ, केन्द्रीय सदस्य सिर्जु अधिकारी, राजकुमाार हुमागाई लगायतको सहभागिता रहेको छ । हालसम्म करिव ११ सय परिवारलाई राहत उपलब्ध गराइएको छ । यो अभियानमा निरन्तर भइरहने र केन्द्रीय समिति, प्रदेश र जिल्ला शाखाले पनि अघि बढाएको छ । राहतमा अत्यावश्यक चामल, दाल, चिनी, चिउरा, तेल लगायतको खाद्यान्न उपलब्ध गराइएको संयोजक शाहले बताए ।

5730
Shares

ट्रेन्डिङ