सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पनौती युवा मञ्चद्धारा लकडाउनको बेला सडकमा अलपत्र परेका मज्दुर तथा सडक बालबालीकालाई खाना खुवाउदै

पनौती युवा मञ्चद्धारा लकडाउनको बेला सडकमा अलपत्र परेका मज्दुर तथा सडक बालबालीकालाई खाना खुवाउदै

10220
Shares
पनौती युवा मञ्चद्धारा लकडाउनको बेला सडकमा अलपत्र परेका मज्दुर तथा सडक बालबालीकालाई खाना खुवाउदै

प्रदिप भण्डारी / काभ्रे

पनौती नगरपालिका बसर्पाकमा रहेका मज्दुर र सडक बालबालीका तथा अलपत्र परेकाहरुलाई निरन्तर ५२ दिन देखि पनौती युवा मञ्चका युवाहरुले निरन्तर रुपमा बिहान बेलुका खाना खुवाउदै आएको छ ।
लकडाउन सुरु भएको तश्रो दनिबाट खाना खुवाउन सुरु गरेर आज ५२ दिनसम्म पनि खाना खुवाइ रहेको पनौती युवा मञ्चका अध्यक्ष्य सौगात बस्नेतले बताए ।

यसरी दिन दुःखीहरुलाई बिहान बेलुका खाना दिन पाउँदा आफूलाई खुशी मिलेको युवा मञ्चका अध्यक्ष बस्नेतले बताए । उनका अनुसार मञ्चका सदस्य र मञ्चलाई माया गर्नेहरुको सहयोगबाट नै यसरी सेवा दिन सकिएको हो । ‘देशमा यतिबेला माहामारीको रुपमा फैलीएको कोरोना भाईरसले त्रासति भई रहेको बेला हामीले दैनीक रुपमा खाना खुवाउन पाउदा युवा मञ्च हाम ि धेरे खुशि रहेको बस्नेतले बताए ।

लकडाउन भएसँगै बजार अनुगमनमा जादाँ सडकमा अलपत्र परेकाहरुको दयनिय अवस्था देखेर केही सहयोग निर्णय ग¥र्यौँ । उनले भने, ‘नगरका जुझारु युवाहरुसँगको सल्लाहपश्चात खाना दिनु नै प्रभावकारी सोचेर खाना दिएर सेवा गरेका हौँ ।’ मञ्चका सदस्यसमेत रहेका जि.टी होटल एण्ड रेष्टुरेन्टका सञ्चालक सञ्जय सिंह ठकुरीले खाना पकाउनका लागि आफ्नो किचन प्रयोग गर्न दिएर सहयोग गरेका छन् । मञ्चले उनीहरुलाई पनौतीको बसपार्कमा खाना दिइरहेको छ । बिहान बेलुका खाना खानेहरु ४५ जना रहेको उनिहरुलाई यो लकडाउनको समय भर हामीले जसरी भएपनि खाना खुवाउने गरि तयारी गरिरहेका छौ ।

लकडाउनको समयमा अलपत्र परेकाहरुको लागि होटलमा ब्यवस्थापन गरेर यहाँ काम गर्ने भाईहरुले हामी यो समय भर निशुल्क खाना बनाउने काममा सहयोग गर्छु भनेपछि मैले होटलमा समय मिलाएर ५२ दिन देखिनै खाना बनाएर खुवाउने गरिदै आएको छु । खाना खुवाउने कुरा साथीहरुले गरे संगै हामीले सुरुमा लकडाउनको समयमा भोकै रहेकाहरुलाई चिया बिस्कुट दिएर सुरु गरिएको अहिले बिभिन्न सहयोगीहरुको सहयोग र यहाँका स्थानियहरुले तरकारी निशुल्क बितरण गरिएपछि हामी निरन्तर खाना खुवाउने काम गरिहेकाछौ ।
युवा मञ्चको युवाहरुको समूहले सडकमा अलपत्र परेका, सडकमा मागेर खानेलाई मात्र नभएर न्यून आए भएका र ज्याला मजदुरी गर्नेलाई पनि खाना खुवाउदै आएकाछन् ।
देश लकडाउन भएपछि ज्याला मजदुरी गर्ने जस्तै रिक्सा चालक, सवारीका सह–चालक, भारी बोक्नेहरुको रोजीरोटी नै खोसिएको छ । उनीहरुको आम्दानीको श्रोतहरु केही नभएकाहरुले बिहान बेलुका निशुल्क खाना खान पाएकाछन् । खाना खान नपाएर समस्यामा परेकाहरुलाई पनि मञ्चमा सम्पर्क ल्याएर खाना दिने गरिदै आएकाछन् ।

सुरुको दिनमा १७ जनालाई खाना दिएर सहयोग गरेको मञ्चले अहिले दिनमा बिहान बेलुका ५० जनालाई खाना दिदैँ आइरहेको छ ।

10220
Shares

ट्रेन्डिङ