सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा लकडाउनमा महिला हिंसाका घटनामा कमी

काभ्रेमा लकडाउनमा महिला हिंसाका घटनामा कमी

5450
Shares
काभ्रेमा लकडाउनमा महिला हिंसाका घटनामा कमी

काभ्रे: काभ्रेको प्रमुख समस्याको रुपमा रहेकोे घरेलु हिंसा घटना दर्ता लकडाउनको समयमा कमि आएको छ । लडाउनको ५२ औं दिनको अवधीका १७ वटा घरेलु हिंसाका घटना जिल्ला प्रहरी कार्यलय महिला तथा बालबलिका जेष्ठ नागरिक सेवा केन्द्रमा दर्ता भएको केन्द्रका प्रमुख सिता श्रेष्ठले बताउनुभयो ।

केन्द्रका प्रमुख श्रेष्ठका अनुसार चैत महिनामा ७ वटा र बैशाखमा ९ वटा मात्रै घटना दर्ता भएका छन् । दर्ता भएका घटनाहरुमध्ये नौ वटा घटनालाई दुबै पक्षको सहमतीमा मिलापत्र गरिएको छ । उहाँका अनुसार वाँकी रहेका ८ वटा घटनाको अनुसंन्धान जारी रहेको छ ।

लकडाउनको अवधीमा भएका महिला हिंसाका घटनाहरुमा अभद्र ब्यवहार यौन दुब्यवहार धाकधम्की गालीगलौज कुटपिट र खानलाउन नदिएर ब्यवास्ता गरेका घटनाहरु रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७५ र ०७६ मा घरेलु हिंसा अन्र्तगत २ सय ३४ वटा उजुरी दर्ता भएका थिए । ०७६ फागुन सम्मको तथ्याङक अनुसार १०२ वटा घरेलु हिंसाका उजुरीहरु दर्ता भएका छन् । जसअन्र्तगत ४६ वटा मिलापत्र भएको छ भने ७ वटा अदालतमा गएको छ ।
साभार : रेडियो नमोबुद्ध

5450
Shares

ट्रेन्डिङ