सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • नीति तथा कार्यक्रममा छलफल सुरु हुँदै, प्रधानमन्त्रीको जवाफ मंगलबार

नीति तथा कार्यक्रममा छलफल सुरु हुँदै, प्रधानमन्त्रीको जवाफ मंगलबार

3720
Shares
नीति तथा कार्यक्रममा छलफल सुरु हुँदै, प्रधानमन्त्रीको जवाफ मंगलबार

जेठ, ४, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा आइतबार संसदमा छलफल सुरु हुँदै छ । छलफलका लागि आइतबार बिहान ११ बजे संसद बैठक बस्दै छ ।

संसदीय प्रचलन अनुसार सबैभन्दा पहिले प्रतिपक्ष दलको नेताले नीति तथा कार्यक्रममा आफ्नो दलको धारणा राख्ने छन् । त्यसपछि नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका सांसदहरुले आफ्ना धारणा राख्नेछन् ।

नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिन छलफल गरेर मंगलबार प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी थिइन् । कोरोना संक्रमणका कारण यस वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिइएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण नीति तथा कार्यक्रममाथिको छलफल छोट्याउने निर्णय शनिबारको कार्यव्यवस्था समितिको बैठकले गरेको थियो । नेकपा नेतृ रेखा शर्माले कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले धेरै दिनसम्म बैठक बसिरहनु उपयुक्त नहुने भएकाले छलफल छोट्याउने निर्णय भएको जानकारी दिइन् ।

नीति तथा कार्यक्रममा धारणा राख्न चाहने सांसदहरुको नामावली दलहरुले सभामुखलाई उपलब्ध गराउने र बैठकमा सभामुखले ती सांसदहरुलाई बोल्न दिने प्रचलन छ । अघिल्ला बैठकहरुमा बोल्न नपाएको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए ।

नीति तथा कार्यक्रममाथिको छलफलमा पनि त्यस्तै हुन सक्ने अनुमान गरिएको छ । त्यसैले शनिबारको कार्यव्यवस्था समितिको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले सकेसम्म थोरै नाम उपलब्ध गराइदिन आग्रह गरेका थिए ।
-अनलाइनखबर

3720
Shares

ट्रेन्डिङ