सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सरकारको गलत व्यवस्थापनले गर्दा जनताले दु:ख पाए: नेता चौरसिया

सरकारको गलत व्यवस्थापनले गर्दा जनताले दु:ख पाए: नेता चौरसिया

6265
Shares
सरकारको गलत व्यवस्थापनले गर्दा जनताले दु:ख पाए:  नेता चौरसिया

वीरगञ्ज , जेष्ठ २४: नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले सरकारको गलत व्यवस्थापन र अपर्याप्त तयारीले गर्दा कोरोना भाइरसका कारण जनताले दुःख पाएको बताएका छन् । रिपब्लिका दैनिकसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता चौरसियाले सरकारकै कारण गरिब, विपन्न र सर्वसाधारण जनता कोरोना भाइरसको संक्रमणबाट भन्दा पनि भोकले मर्नुपर्ने अवस्था आएको बताए ।

उनले लकडाउन भएका साढे दुई महिना हुँदा पनि सरकारले मजदुर र अति विपन्न जनतालाई राहत दिन नसकेको आरोप लगाए । नेता चौरसियाले दश अर्ब रकम सरकारले कहाँ गर्‍यो भनेर प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग प्रश्न गरेका छन् । लकडाउन शुरु भएको दोस्रो हप्तादेखि नै राहत बाडेका स्थानीय तहहरू सुतेर बसेको उनले बताए । लकडाउन हुँदा गरिबको पेट र भान्साघर रितिएको उनले बताएका छन् ।

लकडाउन थपिँदै जाँदा कोरोनाले भन्दा पनि खान नपाई जनताहरू भोकले मर्ने अवस्था आएको कांग्रेस नेता चौरसियाले बताएका छन् । सरकारमा रहेकाहरू कोरोना भाइरसको संक्रमण र लकडाउनलाई देखाएर कमाउने धन्दामा लागेको उनले बताए ।

भारतबाट आएका जनतालाई क्वारेन्टिनको नाममा खानेपानी, बिजुली, पंखा, ट्वाइलेट, झुललगायतका आधारभूत सुविधान नै नभएको स्थानमा राखेर सरकारले कोरोना फैलाएको आरोप लगाएका छन् । उनले क्वारेन्टिनहरूलाई व्यवस्थित बनाउन नसक्दा क्वारेन्टिनहरू कोरोना सार्ने उद्योग बन्दै गएको बताएका छन् । यस्तै अवस्था रहने हो भने झन् भयाबह अवस्था आउन सक्ने कांग्रेस नेता चौरसियाले बताए ।

6265
Shares

ट्रेन्डिङ