सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सात वर्षपछि एआईजीबाट आईजिपी छानिदै, रोकिएला फोहोरी खेल ?

सात वर्षपछि एआईजीबाट आईजिपी छानिदै, रोकिएला फोहोरी खेल ?

7300
Shares
सात वर्षपछि एआईजीबाट आईजिपी छानिदै, रोकिएला फोहोरी खेल ?

काठमाडौं, २८ जेठ ।पछिल्लो सात वर्षमा नेपाल प्रहरीले चार जना आईजिपी पायो । जसमध्ये एक जनासँग मात्र एआईजीमा काम गरेको अनुभव थियो । २०७० सालमा उपेन्द्रकान्त अर्याल आईजिपी भए । आईजिपीमा नियुक्र हुनुभन्दा तीन साताअघि मात्र उनी एआईजीमा बढुवा भएका थिए । एआईजीको छोटो अनुभव संगाल्ने अवसर उनले पाएका थिए ।

त्यसपछिका प्रकाश अर्याल, सर्वेन्द्र खनाल तथा ठाकुर ज्ञवाली डिआईजीबाट सिधैं एआईजी भएका हुन् । प्रहरीमा आईजिपीकै ब्याचीहरु एआईजी हुने ३० वर्षे सेवाहदका कारण आईजिपीसँगै सबै एआईजीले अवकाश पाउने भएकाले डिआईजीबाटै आईजिपी बनाउनु परेको थियो ।

सात वर्षको अन्तरालपछि यसपटक भने एआईजीबाट सरकारले आईजिपी छनोट गर्दैछ । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले २४ असारमा अवकाश पाउने भएपछि हालका एआईजीद्वय शैलेश थापा क्षेत्री र हरि बहादुर पालमध्ये एक जनाले प्रहरी नेतृत्व सम्हाल्नेछन् । उनीहरु गत चैतमा एआईजी भएका थिए ।
नयाँ आईजिपी नियुक्तिका लागि एक महिनाभन्दा कम समय बाँकी भएकाले दौडधुप सुरु भइसकेको छ । तर, यसपटक विगतमा जस्तो अस्वस्थ चलखेल नदेखिएको प्रहरी अधिकारीहरु बताउँछन् । दुवै एआईजीले स्वस्थ प्रतिस्पर्धा गर्ने र जो आईजिपी हुन्छ एकले अर्कालाई सघाउने भद्र सहमति गरेको बताइन्छ । ‘त्यसरी सहमति भयो भने प्रहरी बलियो हुन्छ’ एक डिआईजी भन्छन्,‘आईजिपी र अन्य उच्च अधिकारीबीच एकता नहुँदा नै प्रहरी कमजोर हुँदै गएको हो ।’

अब नियुक्त हुने आईजिपीले करिब २० महिना नेतृत्व सम्हाल्नेछन् । त्यसपछिको आईजिपीको खेल पनि अहिले नै तय हुनेछ । असार २४ पछि एआईजीका दुई पद रिक्त हुँदैछन् । त्यसमा एआईजी बढुवा छुटेका र सिनियर डिआईजीद्वय प्रद्युम्न कार्की र निरज शाही बढुवा हुने प्रबल सम्भावना छ । तर, जुनियर डिआईजी विश्वराज पोखरेललाई जसरी पनि अहिले एआईजी बनाएर पछि आईजिपी बनाउने खेलमा एक समूह सक्रिय छ । पोखरेलकै अर्काे ब्याची भने उनलाई रोक्ने अभियानमा लागेका छन् ।
साभार : दृष्टि न्युज

7300
Shares

ट्रेन्डिङ