सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • भक्तपुरमा चिप्लिएर ढलभित्र पसेका ट्रक चालकको ललितपुरमा भेटियो शव

भक्तपुरमा चिप्लिएर ढलभित्र पसेका ट्रक चालकको ललितपुरमा भेटियो शव

11095
Shares
भक्तपुरमा चिप्लिएर ढलभित्र पसेका ट्रक चालकको ललितपुरमा भेटियो शव

 

ललितपुर, जेठ २९ : भक्तपुरमा चिप्लिएर ढलभित्र पसी बेपत्ता भएका ट्रक चालक ललितपुरमा मृत अवस्थामा फेला परेका छन्। उनको शव बिहीबार बिहान साढे १० बजे बागमती गाउँपालिका १ भुजेल भन्ने ठाउँमा फेला परेको हो। स्थानीयले उनलाई नग्न अवस्थामा मृत देखेपछि प्रहरीलाई खबर गरेको थिए।

त्यसपछि प्रहरी घटनास्थलमा पुगेको महानगरीय प्रहरी परिसरका एसपी तुलबहादुर कार्कीले जानकारी दिए।बुधबार दिउँसो सवा तीन बजे भक्तपुर नगरपलिका १ चुनदेवीमा ट्रक पार्किङ गरेर झरेका हेटौंडा नगरपालिका ९ घर भएका ५० वर्षीय चालक नरबहादुर राउत चिप्लिएर ढल भित्र पसेका थिए।

सोही व्यक्ति भएको भन्ने बारेमा महानगरीय प्रहरी परिसरका डिएसपी दिपक गिरीले पुष्टि गरेका छन्।‘शव फेला परेको भन्ने सूचनाका आधारमा हामीले उहाँको फोटो पठाएका थियौं। फोटो मिल्यो,’ उनले भने। उनको शव अहिले पाटन अस्पतालमा पोष्टमर्टमको लागि पाठाइएको छ। भक्तपुरबाट हराएर शव ललितपुरमा फेला परेको हुँदा त्यहीबाट थप अनुसन्धान हुने डिएसपी गिरीले बताए।

 

11095
Shares

ट्रेन्डिङ