सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • पिसिआर मेशिन खरिदको लागी विभिन्न सस्थाबाट सहयोग

पिसिआर मेशिन खरिदको लागी विभिन्न सस्थाबाट सहयोग

7685
Shares
पिसिआर मेशिन खरिदको लागी विभिन्न सस्थाबाट सहयोग

बिरगंज , जेष्ठ ३० : बिरगंज महानगर पालिकाको कोरोना बिपद कोषमा शुक्रबार बित्तीय सस्था , सघसस्थाहरुबाट सहयोग रकम आउने क्रम जारी नै रहेको छ । कोरोना भाईरस रोकथाम र नियन्त्रण गर्न पिसिआर मेशिन र VTM किडको आवस्यक रहेको र नारायण अस्पतालमा एक मात्र पिसिआर मेशिन रहेको तर त्यसले मात्र सम्भव नभएकोले अर्को आधुनिक पिसिआर मेशिन र त्यसमा लाग्ने सानान खरिद गर्नको लागी महानगरले विभिन्न उद्योग व्यापारी र सघसस्थाहरुसङ्ग महानगरले सहयोगको लागी आवहान गर्नु भएपछि सहयोग आउने क्रम जारी नै रहेको छ ।

शुक्रबार नेबिल बैंकले ३ लाख , सिदार्थ बैंकले १ लाख , नेपाल एसबिआई बैंकले ५१ हजार , प्राईम बैंकले १ लाख , सनराईज बैंकले १ लाख , लक्ष्मी बैंकले ५१ हजार , अनलाईन खबरको बिरगंज सम्बादाता सुरेश बिडारीले नगद ५ हजार , जिल्ला समन्वय समित पर्साले २१ हजार , भगवती लोजिस्टिक प्रालीले ५१ हजार , LIO ग्यास उद्योगले ५१ हजार र NGO CC पर्साले २१ हजारको चेक बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगीलाई उहा कै कार्यकक्षमा पुगि हस्तान्तरण गर्नु भएको थियो ।मेयर सरावगिले यति छोटो समयमा यति धेरै सहयोग आएकोमा सबै सहयोगी दातालाई धन्यवाद दिदै अब बिरगंज कोरोना मुक्त नगर छिटै बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

7685
Shares

ट्रेन्डिङ