सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बमजनवि’रूद्ध अ’दालतमा ब’ला’त्कार मु’द्दा दायर

बमजनवि’रूद्ध अ’दालतमा ब’ला’त्कार मु’द्दा दायर

4880
Shares
बमजनवि’रूद्ध अ’दालतमा ब’ला’त्कार मु’द्दा दायर

काठमाडौं, असार १९: तपश्वीको भेषमा बसेर आश्रममा ब’ला’त्कार, ह’त्या र हिं’सा गरेको आ’रोप लागेका रामबहादुर बमजनवि’रूद्ध ब’लात्कार अ’भियोग लगाउँदै सर्लाहीको सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मु’द्दा दायर गरेको छ। रौतहटकी किशोरीलाई ब’ला’त्कार गरेको प्र’हरी अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार जिल्ला अदालत सर्लाहीमा मु’द्दा दायर गरिएको सहायक जिल्ला न्यायाधीवक्ता युवराज शर्माले जानकारी दिए।

रौतहटकी गंगामाया तामाङलाई आश्रममा बस्दा ब’ला’त्कार गरेको आ’रोप बमजनमाथि थियो। बालबालिकासम्बन्धी ऐनको हदम्याद अनुसार उनीवि’रूद्ध मु’द्दा दायर गरिएको शर्माले बताए। आफू बालिका हुँदा भएको यौ’नशो’षण ब’ला’त्कारवि’रूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइन्छ।

बमजनले सर्लाहीको आश्रममा हुँदा आफूमाथि ब’ला’त्कार गरेको भन्दै गंगामायाले माघमा जाहेरी दिएकी थिइन्। त्यसपछि प्र’हरीले यो मु’द्दामा अनुसन्धान अघि बढाएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले बमजनवि’रूद्ध १२ देखि १४ वर्षसम्म कै’द स’जाय र मनासिम क्ष’तिपूर्तिको माग गर्दै मु’द्दा दायर गरेको हो।

१४ वर्ष देखि १६ वर्षसम्मका बालिकालाई ब’ला’त्कार गरे १२ देखि १४ वर्षसम्मको कै’द स’जाय हुने कानुनी व्यवस्था छ। आफूमाथि २०७३ साल साउन २० गते बमजनले ब’ला’त्कार गरे आ’रोप गंगामायाले लगाएकी छन्।

गंगामायाले डेढ वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले ब’ला’त्कार गरेको आ’रोप लगाएकी थिइन्। अहिले गंगामाया काठमाडौंस्थित बालबालिकाको हितमा काम गर्ने एउटा संस्थाको संरक्षणमा छन्। बमजन भने बे’पत्ता छन्। प्र’हरीले पटकपटक उनको आश्रममा छापा मा’र्दा पनि प’क्राउ गर्न सकेको छैन।

बमजनमाथि एक अनुयायीको ह’त्या गरेको, तीन आनी, एक अनुयायीलाई बे’पत्ता पारेको र कम्तिमा एक आनीलाई ब’ला’त्कार गरेको आ’रोप छ।
बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्।

बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइवा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बे’पत्ता छन्। बमजनको आदेशमा वाइवालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कु’ट्दाकु’ट्दै मा’रिएको प्रत्यक्षदर्शीले बताएका छन्। आलेमगरलाई र’क्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ।

4880
Shares

ट्रेन्डिङ