सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदर्शनमा निस्किएका तीन सय ट्याक्सी नियन्त्रणमा

प्रदर्शनमा निस्किएका तीन सय ट्याक्सी नियन्त्रणमा

5050
Shares
प्रदर्शनमा निस्किएका तीन सय ट्याक्सी नियन्त्रणमा

१६ असार, काठमाडौं : लकडाउनका कारण आफूहरु भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै प्रदर्शनमा निस्किएका ट्याक्सी ठाउँठाउँमा नियन्त्रणमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले हालसम्म ३ सय ८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको अनलाइनखबरलाई बताए । उनले भने, ‘हामीले प्रदर्शनभन्दा पनि नियमलाई हेर्ने हो । सार्वजनिक सवारीसाधन चलाउन पाइँदैन, त्यसैले होल्ड गरिएको हो ।’ साँझ ती ट्याक्सीहरुलाई छाडिने उनले बताए । ट्याक्सी व्यवसायी दिपक केसीले भने प्रदर्शनमा निस्किएका ट्याक्सीलाई नियन्त्रणमा लिएर प्रहरीले दमन गरेको बताए ।

उनले प्रश्न गरे, ‘निजी सवारीसाधन र एम्बुलेन्समा भाडा लिएर मान्छे चढाउन हुने, हामीले आफ्नो माग पनि राख्न नपाउने ?’ लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु मंगलबारबाट आन्दोलनमा उत्रिएका छन् । उनीहरु नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा छन् ।

5050
Shares

ट्रेन्डिङ