सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ६ जना विद्यार्थी नेता पक्राउ

६ जना विद्यार्थी नेता पक्राउ

7095
Shares
६ जना विद्यार्थी नेता पक्राउ

बीरगञ्ज ३१ जेठ । नेपाल विद्यार्थी संघ (नेवि संघ) ले शनिबार वीरगंजमा गरेकाे संघ र प्रदेश सरकार बिरुद्धकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ । नेवि संघ पर्साले वीरगंजकाे घण्टाघर नजिक गरेएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरि हस्तक्षेप गर्दै ६ जना विद्यार्थी नेताहरुलाई पक्राउ गरेकाे छ ।

नेवि संघ पर्साका सभापति विकास तिवारी, उप सभापति शेष हजरा, ठाराब इकाइ अध्यक्ष मनाेज कुमार साह, सह सचिव रमेश यादव, पूर्व प्रदेश सदस्य अभय कर्ण, इकाई सदस्य श्याम गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखेकाे छ ।

सरकार विरुद्धकाे नेवि संघकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही बेर झडप समेत भएकाे थियाे । प्रहरीले बल प्रयाेग गर्दा आफुहरु सहित एक दर्जन साथीहरु घाइते भएकाे र प्रहरी नियन्त्रणमा रहेको ठाराब ईकाई अध्यक्ष मनोज साहले बताए ।

विद्यार्थी नेता मनिष यादव, भाेला पटेल, रन्जीत पटेल लगायत एक दर्जन भन्दा बढी घाइते भएका हुन् । प्रदर्शनको बारेमा पूर्व सूचना पाएको प्रहरीले घण्टाघर लगायतका क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर प्रदर्शनमा हस्तक्षेप गरेको हो ।

7095
Shares

ट्रेन्डिङ