सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • बिरगंजमा १२५ जनाले गरे रक्तदान

बिरगंजमा १२५ जनाले गरे रक्तदान

6530
Shares
बिरगंजमा  १२५ जनाले गरे  रक्तदान

बिरगंज , जेष्ठ ३१ : युवा वचन सस्थाद्वारा रक्तदान कार्यक्रममा २ महिला सहित १२५ जनाले रक्तदान गरेको सस्थाका अध्यक्ष पियुष कादमियाले पर्सा पोस्टलाई बताए । रक्तदान गर्नु हुनेमा सोनि जैसवाल, गिरिजा देबि , अनमोल कोईराला , निमेष शर्मा , रुपेश कार्की , नवनित अग्रवाल , कन्हैया अग्रवाल , अमरनाथ पटेल , बिनोद पटेल , धनेश्वर यादव , अभिजित यादव , अन्कुश साह , शशी साह , सज्जन साह , शेखर अग्रवाल लगायतकाले रक्तदान गरेका थिए ।

बिश्वमा नै कोभिड -१९ कोरोना भाईरसको माहामारीले गर्दा यसबाट बच्न नेपालमा लकडाउन लगाउदै आईरहेको ८० दिन भैइसक्यो । बिरगंजमा पनि लकडाउनको असर परेको र समाजिक दुरि कायम गरि बिरगंजमा रगतको अभावलाई मध्य नजर गर्दै रगतको कमि हुन नदिन र रगतको कारण कसैको पनि मृत्यु नहोस भन्दै युवा वचन सस्था बिरगंजले शनिबार आदर्शनगर चौकमा चौथो पटक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको समेत कादमियाले बताए ।

युवा वचन सस्थाका अध्यक्ष पियुष कादमियाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि बिरगंज महानगर पालिकाका नगर प्रमुख बिजय कुमार सरावगी रहनु भएको थियो ।त्यसै गरि बिशिस्ट अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत , पर्सा प्रहरिका प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्त , अतिथिमा बिरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्य , जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल राज पन्डित , वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरु , युवा नेता ओमप्रकाश सरार्फ , बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई , भोलेन्टिएर बिरगंजका अध्यक्ष राजन श्रीवास्तव , युवा वचन सस्थाका पदाधिकारीहरु , भोलेन्टिएर बिरगंजका पदाधिकारीहरु , सन्चारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा मिडिया पाट्नर यात्रा डेलि , पब्लिक एफएम र जगदम्बा टेन्ट एन्ड लाईट डेकोरेटरले सहयोग गरेको थियो ।

6530
Shares

ट्रेन्डिङ