सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • नियम उलङ्घन गर्ने १४ हजारभन्दा धेरै गाडी कारबाहीमा

नियम उलङ्घन गर्ने १४ हजारभन्दा धेरै गाडी कारबाहीमा

7635
Shares
नियम उलङ्घन गर्ने १४ हजारभन्दा धेरै गाडी कारबाहीमा

असार ७, काठमाडौँ – काठमाण्डौ उपत्यकासहित देशैभर आज बिजोर नम्बरका निजी गाडी चलिरहेका छन् । सरकारले जेठ ३० गतेदेखि बिजोर गते बिजोर नम्बरका र जोर गते जोर नम्बरका गाडी चलाउन पाइने नियम लागू गरेको हो । यो नियम लागू भएपछि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट शनिबारसम्ममा नियम उलङ्घन गर्ने १४ हजार ५ सय ४३ गाडी कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

जसमध्ये ११ हजार ४ सय ९२ दुई पाङग्रे र ३ हजार ५१ चार पाङग्रे निजी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै ६ सय ९२ वटा भाडाका ट्याक्सी कारवाहीमा परेका छन् । यसैबीच जोर बिजोर प्रणालीसँगै दुई पाङ्ग्रे सवारी साधनमा एक जना मात्रै चढ्न पाउने नियमलाई अझ कडाइका साथ लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भिम ढकालले बताउनुभयो ।

7635
Shares

ट्रेन्डिङ