सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • १२ हजार घुस लिएकाे आराेपमा इन्सपेक्टर पक्राउ

१२ हजार घुस लिएकाे आराेपमा इन्सपेक्टर पक्राउ

5815
Shares
१२ हजार घुस लिएकाे आराेपमा इन्सपेक्टर पक्राउ

मकवानपुर , ७ असार / भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रामबालक राय ठेकेदारसँग १२ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई निलम्बन गरी थप अनुसन्धानसमेत गरिएको वाग्मती प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामाले जानकारी दिनुभयो ।

यसैबीच हेटौँडा उपमहानगरपालिका ११ नवलपुरकी सुस्त मनस्थितिकी एक युवतीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गएकाे जेठ २४ गते दिउँसो ३२ वर्षीया युवतीलाई घर नजिकैको मकैबारीमा लगी ५० रुपैयाँको लोभ देखाएर बलात्कार गरेको आरोपमा ६० वर्षीय रामप्रसाद हुमागाईंलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

5815
Shares

ट्रेन्डिङ