सबैको समाचार
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • व्यवस्थित बिरगंजको आयोजनामा जनचेतना मुलक कार्यक्रम

व्यवस्थित बिरगंजको आयोजनामा जनचेतना मुलक कार्यक्रम

7815
Shares
व्यवस्थित बिरगंजको आयोजनामा जनचेतना मुलक कार्यक्रम
  • सुनिल श्रेष्ठ

बिरगंज : व्यवस्थित बिरगंज र समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोभिड -१९ कोरोना भाईरसबाट कसरी सुरक्षीत हुने र उच्च जोखिम हुन बाट बच्ने र बचाउन मंगलवार बिरगंजको माइस्थान देखी हनुमान मन्दिर हुदै पुनः माइस्थान मन्दिरसम्म पहिलो चरणको जनचेतना कार्यक्रम गरिएको थियो । बिरगंज स्प्रीट क्लबको टिमको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी बिरगंजको उपस्थितिमा सडकमा हिड्ने बटुवा पसलका ग्राहक र अन्य जस्ले मास्क नलगाइ बजारमा आउने र जथाभावी रुपमा र अरुलाइ अवरोध हुने गरि सवारी साधन ठेला पसल पार्किङ नगर्न नगराउनु भनी आम नगरिकलाइ यस यस कार्यक्रम अन्तर्गत सम्झाउने र हात जोडी who को नियम पालाना गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा जिल्ला ट्राफिक पर्सा प्रमुख कमलराज पण्डित,ब्यवस्थित बिरगंज अभियानका संयोजक दिलिप राज कार्की, स्प्रीट क्लबका ओशन गुप्ता,निशा गुप्ता , रेश्मा हरलाल्का,आरती सहनी,भोलन्टियर समुहका राजन गुप्ता,पियुस कादमिया,मनिस साह,नितेश बर्णवाल,राजन गुप्ता, लगायत विभिन्न संघ संस्थाका युवा स्वयंसेवकहरु सहभागीतामा यस कार्यक्रम अन्तर्गत आफ्नो बिरगंज आफै पनि मिलेर बनाउने भनी बताउछ्न। सधै नगरका प्रत्येक भिड भाड र ट्राफिक चाप हुने वार्डमा सोहि ठाउको स्थानिय र वडा अध्यक्षको समन्वयमा यस्ता जनचेतना ब्य्वस्थित बिरगंज बनाउने यस अभियानको कार्ययोजना रहेको व्यवस्थित बिरगंजका संयोजक दिलिप राज कार्कीले सबैको समाचारलाई जानकारी दिनु भयो ।

7815
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका