सबैको समाचार
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • एआईजी हरि पाल नयाँ आईजीपीको दौडमा

एआईजी हरि पाल नयाँ आईजीपीको दौडमा

8065
Shares
एआईजी हरि पाल नयाँ आईजीपीको दौडमा

काठमाडौं , असार ११ : असार २५ गते नेपाल प्रहरीले नयाँ आईजीपी पाउनेछ। प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवाली असार २५ गते अनिवार्य अवकाशमा जाने भएकाले नेपाल प्रहरीले नयाँ आईजीपी पाउने भएको हो। नयाँ आईजीपीको दौडमा सुदूरपश्चिम घर भएका अहिलेका एआईजी हरि पाल पनि छन् । उनी दार्चुलाको मालिकार्जुन गाउँपालिकामा जन्मिएका हुन् भने उनको घर कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि छ ।

पालसंगै अर्का एआईजी शैलेश थापा क्षेत्री नयाँ आईजीपीका दाबेदार हुन्। पाल र थापा दुवै ०४९ सालमा प्रहरी निरीक्षक बाट सेवा प्रवेश गरेका हुन्। नेपाल प्रहरीमा थापा र पालसँगै एआईजी तारणीप्रसाद लम्साल पनि छन् । तर उनी वर्तमान आईजीपी ज्ञवालीका ब्याजी भएकाले एकै मितिमा अवकाश पाउनेछन् । प्रतिस्पर्धा रहेका पाल विगतमा विवादमा तानिएका छैनन्। पालले कास्की, रूपन्देही, धनुषा, नुवाकोट, डडेलधुरा, प्रदेश २ र विशेष ब्युरोलगायत महत्त्वपूर्ण स्थानको जिम्मेवारी निर्वाह गरेका छन्। हाल उनी अपराध अनुसन्धान तथा कार्य विभागको प्रमुख छन् ।

8065
Shares

ट्रेन्डिङ