सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सलहबाट मकै बालीमा रु पाँच करोड क्षति

सलहबाट मकै बालीमा रु पाँच करोड क्षति

5380
Shares
सलहबाट मकै बालीमा रु पाँच करोड क्षति

अर्घाखाँची, २० असार : जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले न’ष्ट गरेको छ । छ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी है’रान भएका छन् । जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा नियन्त्रणमा आउन सकेको छैन ।

वडा नम्बर ७ का जलुके, जुवाकोटलगायत क्षेत्रमा नौ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूर्ण रुपमा न’ष्ट भएको वडाध्यक्ष मोहन पन्थीले जानकारी दिनुभयो । जिल्लाका सबै क्षेत्रमा गरी १० हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूूर्णरुपमा र केही भागमा आंशिक क्षति पुग्दा करीब रु पाँच करोड नोक्सान भएको जनाइएको छ ।

शीतगङ्गा– १० सिद्धाराको दुम्सीलगायत क्षेत्रमा पनि सलहले मकै बाली पूूर्णरुपमा न’ष्ट गरेको वडाध्यक्ष हिम्मत पोख्रेलले बताउनुभयो । सन्धिखर्क र भूमिकास्थान नगरपालिका तथा छत्रदेव, मालारानी र पाणिनि गाउँपालिका सबैतिर सलहले क्षति पु¥याएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक निमबहादुर आचार्यले जानकारी दिनुभयो ।

5380
Shares

ट्रेन्डिङ