सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेको बनेपा वडा नं ६ सिल

काभ्रेको बनेपा वडा नं ६ सिल

41180
Shares
काभ्रेको बनेपा वडा नं ६ सिल

काभ्रे, २७ असारः कोरोना संक्रमित देखिएपछि बनेपा नगरपालिका वडा नम्बर ६ मा प्रवेश निषेध गरिएको छ । आज वडा नम्बर ६ बुडोल की २४ बर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भए पछि वडा कार्यालयले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै वडाभित्र प्रवेश गर्न रोक लगाएको हो । वडाध्यक्ष सचितानन्द केसीले आज एक सुचना निकालेर आवात आवाजमा पूर्ण रोक लगाएको बताउनुभयो ।

वडा कार्यालयले अरनिको राजमार्गको उत्तर तर्फ, शहिद मार्गको पश्चिम तर्फ, चण्डेश्वरी खोलाको पूर्व तर्फ र शहिद स्मारक क्षेत्रको दक्षिण खत्री गाउँ क्षेत्रमा अर्को सूचना जारी नहुदाँसम्म सिल गरिएको वडाध्यक्ष केसीले बताउनुभयो ।

41180
Shares

ट्रेन्डिङ