सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नयाँ तिज गित -चरी बस्यो सार्बजनिक

नयाँ तिज गित -चरी बस्यो सार्बजनिक

8665
Shares
नयाँ तिज गित -चरी बस्यो सार्बजनिक

शुक्रबार, साउन ९ / स्वर्गीय गायक दिपक परियारको गाएको अन्तिम तीज गीतको ‘चरी बस्यो डाली भाॅचेर’ बोलको तिज गीत सार्वजनिक भएको छ । दीपिका म्यूजिक च्यानलबाट उक्त तीज गीतको म्यूज़िक भिडियो सार्वजनिक भएको हो ।

स्व. परियारको अन्तिम तिज गीत भयकाले पनि गितको भिडियो बनायको मोडेल कृष्ण खरेलले जानकारी गराय। उक्त गीतमा स्वर दिपक परियार र लालुमाया बोहोराको छ भने शब्द दिपक कंडेलको छ । दिपक परियारको लय रहेको उक्त गीत दिपिका म्युजिकको युटुवबाट सार्वजनिक भएको छ । डेस्टिनी क्रीशन जापानले निर्माण गरेको भिडियोमा दीपक श्रेष्ठले निर्देशन गर्नु भएको छ ।

कृष्ण खरेलले स्टोरी लेखेको उक्त गीतमा अभिनय कृष्ण खरेल ,उज्ज्वल गिरी ,मेनुका थापा ,अक्रिती गौतम छ भनेनिहारिका श्रेष्ठ,गंगा राना,रेजिना थापा,करुणा शाही ठकुरी,दिया शर्मा,रिया तिवारी,पुस्पा परियार,वर्षा परियार,अमीषा बस्यालले साथ दिएका छन ।

8665
Shares

ट्रेन्डिङ