सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • मानव बेचबिखनमा संलग्न तामाङ पक्राउ

मानव बेचबिखनमा संलग्न तामाङ पक्राउ

4770
Shares
मानव बेचबिखनमा संलग्न तामाङ पक्राउ

काठमाडौं, साउन २१ : नेपाल प्र’हरीले मानव बे’चबि’खन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई प’क्राउ गरेको छ । प्र’हरीको मानव बे’चबि’खन अनुसन्धान ब्युरोले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेर फरार सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर बस्ने ४६ वर्षीय ह्याङ्गलाल तामाङलाई मङ्गलबार प’क्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्र’हरी उपरीक्षक गोविन्द थपलियाले उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडौंका चार महिलालाई कुवेतमा राम्रो तलबमा काम लगाइदिन्छु भनेर भारतमा लगेर बन्धक बनाएकाले तामाङलाई प’क्राउ गरिएको जानकारी दिनुभयो ।

तामाङले ती महिलालाई वि.स. २०७३ मा वीरगञ्ज नाका हुँदै दिल्लीमा बन्ध’क बनाएर राखे पनि प्र’हरीले २०७४ मा महिलाको उद्धार गरेर मनोपरामर्श दिएर आफन्तको जिम्मा लगाइसकेको छ । प’क्राउ तामाङलाई मानव बे’चबि’खन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान कारवाही हुने ब्युरोले जनाएको छ । रासस

4770
Shares

ट्रेन्डिङ