भक्तपुर । चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठ’क्कर दिँदा पैदलयात्रीको विहीबार मृ’त्यु भएको छ ।
स्कुटरको ठक्करबाट भनपा–२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृ’त्यु भएको महानगरीय प्र’हरी परिसर भक्तपुृरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । स्कुटरले उहाँलाई बुधबार दिउँसो करिब २ः२० बजे ठ’क्कर दिएको थियो ।
प्र’हरीले घा’इतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारी पठाइएकामा उपचारकै क्रममा विहीबार बिहान ८ बजे मृ’त्यु भएको प्रनाउ गिरीले जानकारी दिनुभयो । प्र’ह’रीले स्कुटर चालक चाँगुनारायण नपा–६ छालिङका २२ वर्षीय आशीष कार्कीलाई प’क्राउ गरी अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ ।रासस