सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • भारतमा एकै दिन ७८ हजार संक्रमित थपिए

भारतमा एकै दिन ७८ हजार संक्रमित थपिए

4070
Shares
भारतमा एकै दिन ७८ हजार संक्रमित थपिए

काठमाडौं, १४ भदाै । काठमाडौ‌ं : भारतमा केहिदिन यता कोरोना संक्रमितको दर तिव्र रुपमा बढीरहेको छ। पछिल्लो २४ घन्टामा मात्रै ७८ हजार ४ सय ७२ जना संक्रमित थपिएका छन्। योसहित भारतमा कुल संक्रमितको संख्या ३५ लाख ३९ हजार ७ सय १२ पुगेको छ।

हिजो एकै दिन ९ सय ४४ जनाको मृत्यु भएपछि त्यहाँ कुल मृतकको संख्या ६३ हजार ६ सय ५७ पुगेको छ। पछिल्लो २४ घन्टामा अमेरिकामा ४० हजार ७ सय १२ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६१ लाख ३६ हजार ९ सय ४७ पुगेको छ भने ९२४ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या १ लाख ८६ हजार ८ सय २५ पुगेको छ।

यस्तै ब्राजिलमा ३४ हजार ३ सय ६० मा कोरोना पुष्टि भएसँगै त्यहाँ कुल संक्रमितको संख्या ३८ लाख ४६ हजार ९ सय ६५ पुगेको छ। हिजो ९०४ जनाको मृ’त्यु भएसँगै कुल मृतकको संख्या १ लाख २० हजार ४ सय ९८ पुगेको समाचार एजेन्सीले जनाएका छन्।

पछिल्लो विवरण अनुसार विश्वभर कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृ’त्यु हुनेको सख्या ८ लाख ४५ हजार ९ सय २५ पुगेको छ। २ करोड ५१ लाख ५३ हजारमा कोरोना संक्रमण पुष्टि हुँदा १ करोड ७४ लाख ९१ हजार ३ सय १० मानिस संक्रमणमुक्त भएका छन्।

4070
Shares

ट्रेन्डिङ