सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • थप १०९६ जनामा कोरोना, १७ को मृ’त्यु

थप १०९६ जनामा कोरोना, १७ को मृ’त्यु

4380
Shares
थप १०९६ जनामा कोरोना, १७ को मृ’त्यु

काठमाडौं, मंसिर २१ : देशभर आइतबार थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १७५२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५४ हजार ८०५ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप १७ जनाको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृ’त्यु हुनेको संख्या १५९४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ। निको हुनेको संख्या ९३. ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ६ हजार बढीको पिसिआर परीक्षण भएको छ। हालसम्म १७ लाख ८४ हजार बढीको पिसिआर परीक्षण भएको छ।

4380
Shares

ट्रेन्डिङ