सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • पशुपतिनाथ आजदेखि खुला, स्वास्थ्य मापदण्ड अनिवार्य

पशुपतिनाथ आजदेखि खुला, स्वास्थ्य मापदण्ड अनिवार्य

5380
Shares
पशुपतिनाथ आजदेखि खुला, स्वास्थ्य मापदण्ड अनिवार्य

काठमाडौं, पुस १ :गत चैतदेखि बन्द रहेको पशुपति मन्दिर आजदेखि खुला भएको छ। कोरोना संक्रमण जोखिमका कारण नौ महिनादेखि बन्द रहेको पशुपति मन्दिर स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनहरुका लागि आजदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

आजदेखि मन्दिर खुला गर्न हिजो क्षमापूजा गरिएको थियो। मन्दिर प्रवेश गर्ने दर्शनार्थीहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने कोषले जनाएको छ। पहिलो चरणमा दर्शनार्थीहरुलाई पश्चिम ढोकाबाट प्रवेश दिइने छ भने त्यही ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ।

दर्शनार्थीको लागि मन्दिर खोले पनि मन्दिरभित्र गरिने पूजापाठ र भजनकीर्तन भने तत्काल नहुने भएको छ। चैतपछि पशुपतिनाथमा भक्तजनले विशेष पूजा र दर्शन गर्न पाएका थिएनन्।

5380
Shares

ट्रेन्डिङ