सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • धुलिखेलको सबै विद्यालयहरुमा स्यनेटरी प्याड सहितको स्वास्थ्य सामग्री बितरण गरिद

धुलिखेलको सबै विद्यालयहरुमा स्यनेटरी प्याड सहितको स्वास्थ्य सामग्री बितरण गरिद

6025
Shares
धुलिखेलको सबै विद्यालयहरुमा स्यनेटरी प्याड सहितको स्वास्थ्य सामग्री  बितरण गरिद

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरुमा स्यनेटरी प्याड सहितको स्वास्थ्य सामग्री बितरण गर्न सुरु गरेको छ । नगर क्षेत्रभित्रका २५ ओटा सामुदायिक विद्यालयहरुमा प्याड सहितको स्वास्थ्य समाग्री बितरणको कार्य सुरु गरिएको नगर उपप्रमुख बिमला कुमारी चैलागाईले जानकारी दिनुभयो ।

हाल सम्म ७ ओटा भन्दा बढी विद्यालयहरुमा स्यनेटरी प्याड सहित स्यानीटाईजर,मास्क,थर्मलगन लागायतका स्वास्थ्य सुरक्षाका समाग्रीहरु बितरण गरिसकिएको उहाँले बताउनुभयो । महिनावारीको समयमा छात्राहरुको पढाई नछुटोस भन्ने उदेश्यले यो कार्यक्रम नगरपालिकाले गत वर्ष देखी नै सरु गरेको हो ।

विद्यालयहरुमा विद्यार्थीको संख्या अनुसार स्वास्थ्य समाग्री बितरणको कार्यलाई यो वर्ष पनि निरन्तरता दिईएको बताईएको छ । समाग्री बितरणको क्रममा विद्यालय अनुगमन समेत गरिएको छ । कोरोना संक्रमणको जोखीम कायमै रहेकाले विद्यालय संञ्चालन गर्दा आपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका उपाहरु अपनाईएको वा नअपनाईएको बारे अनुगमन गरिएको उहाँले बताउनुभयो ।

6025
Shares

ट्रेन्डिङ