सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • काभ्रेमा ओली समूहको नेकपा अध्यक्षमा ब्याञ्जु, प्रचण्ड -माधव समुहका पदाधिकारी पदमुक्त

काभ्रेमा ओली समूहको नेकपा अध्यक्षमा ब्याञ्जु, प्रचण्ड -माधव समुहका पदाधिकारी पदमुक्त

10645
Shares
काभ्रेमा ओली समूहको नेकपा अध्यक्षमा ब्याञ्जु, प्रचण्ड -माधव समुहका पदाधिकारी पदमुक्त

काभ्रे : काभ्रेमा ओली समूहका जिल्ला अध्यक्षमा अशोक कुमार ब्याञ्जु चयन भएका छन् । मंगलबार बनेपामा भएको नेकपा काभ्रेको दोस्रो पूर्ण बैठकले ब्याञ्जुलाई अध्यक्षमा चयन गरेको हो । बैठकले सचिवमा नारायण पाण्डेलाई चयन गरेको छ । अध्यक्ष ब्याञ्जु धुलिखेल नगरपालिका मेयर एवं ओली समूहको नेकपाका केन्द्रिय सदस्य समेत हुन् ।

बैठकले मावध प्रचण्ड समूहबाट यसअघि जिल्ला अध्यक्ष रहेका रुकु चौगालाई र सचिव टोक बहादुर वाइबालाई कारबाही गरेको छ । उनीहरु दुबै जनालाई पदमुक्त गरेको ओली समूहले जनाएको छ ।

नेकपा काभ्रेको १ सय २६ सदस्यीय जिल्ला कमिटीमा २ जनाको नि’धन र एक जना बैदेशिक रोजगारमा छन् । जसमध्ये ६४ जना बैठकमा सहभागि भएको सचिव नारायण पाण्डेले बताउनु भयो ।

यसअघिको जिल्ला अध्यक्ष र सचिव माधव प्रचण्ड समूहको भएपछि ओली समूहले नयाँ जिल्ला कार्य समिति गठन गरेको हो । पूर्व मन्त्री गोकुल बास्कोटाको उपस्थितिमा ओली समूहले नयाँ जिल्ला कार्य समिति गठन गरेको हो ।

काभ्रेका जिल्लाबाट ओली समूहको केन्द्रिय सदस्यमा रामहरी सुवेदी, कुमार खकुरेल, नारायण पाण्डे, भिम न्यौपाने, कुमार थापा, अशोक ब्याञ्जु, अम्बुभवानी कार्की, नवीना लामा, रेशम लामा, चन्द्र लामा, उद्धव केसी, रिता ढकाल, रुक्मणी बराईली र प्रकाश गौतम मनोनित भएका थिए ।

10645
Shares

ट्रेन्डिङ