सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्च संस्था गठन

काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्च संस्था गठन

10635
Shares
काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्च संस्था गठन

काभ्रेबाट संचालित रेडियो तथा टेलीभिजनको छाता संगठनका रूपमा काभ्रेमा काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्च नामक संस्थाको गठन भएको छ। यो संस्था रेडियो तथा टेलीभिजन संचालक एबम प्रतिनिधिहरुको संस्था हो। हाल यो संस्थामा काभ्रेबाट संचालित ९ रेडियो र एक टेलीभिजन आवद्ध छन् ।संस्थाको अध्यक्षमा रेडियो सेफर्ड ८८.४ मेगाहर्जका स्टेशन मेनेजर सचित खड्का रहेका छन् ।

उपाध्यक्षमा रेडियो एबिसि ८९.८ मेगाहर्जका स्टेशन मेनेजर रमेश न्यौपाने ,महासचिवमा मध्यपुर्व एफ एमका संचालक रामकृष्ण बन्जारा,सचीवमा रेडियो रोशीका राजन दाहाल ,कोषाध्यक्षमा रेडियो अरनिकोकि सम्झना हुमागाइ र सदस्यहरुमा रेडियो गौरवका संचालक कृष्ण नेपाल,रेडियो टप टाउनका संचालक कर्मा लामा,रेडियो क्रान्तिका संचालक चन्द्र लामा (क्रान्ति ),मनोरञ्जन एफएमका समीर भणडारि र अरनिको टेलीभिजनका अध्यक्ष शंकर अधिकारि रहेका छन्

।मञ्चले काभ्रेबाट प्रसारित अन्य रेडियोहरुलाई पनि संस्थामा आबद्ध हुन अनुरोध समेत गरेको छ।मञ्चले चाडैनै सबै रेडियोहरुमा एकै साथ प्रसारनहुने गरि एक रेडियो कार्यक्रम तयार पार्नुका साथै रेडियोका समस्या र त्यसको समाधानका निम्ति चाडैनै कार्य बिधिहरु तय गर्ने अध्यक्ष खड्काले जानकारी गराय।जिल्लामा रहेका रेडियो टेलीभिजनहरुको यस्तो खाले संस्था सम्भवत काभ्रेबाटै सुरुभयको छ।

10635
Shares

ट्रेन्डिङ