सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • माघेसङ्क्रान्तिबाट नेपालीबीच आपसी एकता र सद्‌भाव अभिवृद्धि होस्ः राष्ट्रपति

माघेसङ्क्रान्तिबाट नेपालीबीच आपसी एकता र सद्‌भाव अभिवृद्धि होस्ः राष्ट्रपति

3785
Shares
माघेसङ्क्रान्तिबाट नेपालीबीच आपसी एकता र सद्‌भाव अभिवृद्धि होस्ः राष्ट्रपति

काठमाडौं, माघ १ः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भााव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक–सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्बद्र्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्‌भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरेकी छन् । रासस

3785
Shares

ट्रेन्डिङ